आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘किन चारतलाबाट हाम फालिन् राधिका ?’

AuthorAP Khabar२०७५ मंसिर २८, शुक्रबार (५ साल अघि) ४५४ पाठक संख्या

काठमाडौं,मङ्सिर २८  :  दिल्ली यूपी नोयडामा रहेको एक अपार्टमेन्टको चार तलामाथिबाट खसेर समाचार वाचिकाको मृत्यु भएको छ । समाचार वाचिका राधिका कौशिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मृतक राधिका जी न्यूजकी प्रदेशिक एंकर थिइन् । उनी तलाबाट खसेकै समय सोही स्थानमा एक अर्का एंकरपनि रहेका थिए । मृत्युको खास कारणका बिषयमा प्रहरीले छानबिन भइरहेको जनाएको छ ।

घटना नोएडाको थाना ४९ इलाकाको हो । जहाँ सेक्टर ७७ स्थित अन्तरिक्ष फारेस्ट अपार्टमेन्टको चौथो तलाबाट राधिका खसेकी थिइन् । गएराती उनी एक्कसी साढे ३ बजे त्यहाँबाट खसेकी थिइन् । उनको घटनास्थलमै मृत्यु भएको थियो । उनीसँगै जी न्यूजका राजीस्थान एंकर राहुल अवस्थी पनि रहेको प्रहरीले जनाएको छ । दुवै जना त्यहीं बसेका थिए । अपार्टमेन्टका गार्डको सहायताले प्रहरीलाई खबर भएको थियो र घटनालाई तत्कालै प्रहरीले आफ्नो नियन्त्रणमा लिएको थियो । दुवै जना बसेको कोठामा रक्सीका धेरै बोतल भेटिएको प्रहरीको भनाइ छ ।

घटनाको प्रारम्भिक जानकारी अनुसार मृतक राधिका र राहुल रक्सीको नशामा रहेका थिए । दुवै जनाको बीचमा वादविवाद समेत भएको थियो । राहुलले प्रहरीलाई दिएको जानकारी अनुसार आफू ट्वाइलेट गएको बेला राधिकाले हाम फालेकी थिइन् । उनीहरुबीचमा के भएको थियो भन्ने बिषयमा प्रहरीले पुरै जानकारी सार्वजनिक गरेको छैन । प्रहरीले यो गम्भीर बिषय भएको र सुक्ष्म तवरले अनुसन्धान भइरहेको बताएको छ । प्रहरीका अनुसार राती ३ बजेर ३० मिनेट बितेको समयमा घटना भएको थियो । गार्डले प्रहरीलाई सूचना दिएपछि राधिकाको शव पोष्टमार्टमका लागि अस्पताल पठाईएको थियो ।

प्रहरीका अनुसार सो ठाउँमा पार्टी चलिरहेको थियो । उक्त फ्लाइटमा राधिकासँग दुईजना अरु युवती बस्ने गरेका थिए तर, घटना भएको बेला उनीहरु त्यहाँ थिएनन् । उनीहरु कल सेन्टरमा काम गर्थे, राती डिउटी परेको थियो । राधिका उक्त फ्लाइटमा ४ महिनादेखि बस्दै आएकी थिईन् । त्यहाँबाट प्रहरीले धेरै बोतल रक्सी बरामद गरेको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस