आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

संगालो सहकारी सिमराको भवन निर्माण शुरु, आठौं साधारणसभा सम्पन्न

AuthorAP Khabar२०७६ भाद्र ७, शनिबार (४ साल अघि) ३३५ पाठक संख्या

सिमरा, भाद्र ७ : सिमरास्थित संगालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष शालिकराम अधिकारीको अध्यक्षता तथा ज्येष्ठ शेयर सदस्य ध्रुवप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा प्रस्तुत गरिएका प्रतिवेदनहरु सर्वसम्मत पारित भएका छन् ।

यसैविच आठौं वार्षिक साधारण सभाको अवसर पारेर सहकारीले आफ्नै कार्यालय भवनको शिलन्यास समेत गरेको छ । विहान जीतपुरसिमरा २ स्थित कार्यालय परिसरबाट प्रभातफेरि सहित सहकारीका सदस्यहरु सोही वडामा रहेको कार्यालय भवन निर्माणस्थल पुगेका थिए ।

साधारण सभा उद्घाटन समारोहमा सहकारीका शेयर सदस्य सहित सिमरा क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
हेडलाईन संवाददाता;

प्रतिक्रिया दिनुहोस