आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राजनीतिक परिवर्तनको छोटो अवधिमै असन्तुष्टि बढ्नु दुःखद् : पूर्वराष्ट्रपति

AuthorAP Khabar२०७६ भाद्र ७, शनिबार (४ साल अघि) २८० पाठक संख्या

काठमाडौं, भदौ ७ : पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकमा राजनीतिक परिवर्तनको छोटो अवधिमै नेतृत्वप्रति असन्तुष्टि बढ्नु दुःखद् भएको टिप्पणी गरेका छन् ।पूर्वकानुनमन्त्री प्रेमबहादुर सिंहको ‘संविधान निर्माणः घटना र अनुभूति’ नामक पुस्तकको शनिबार काठमाडौंमा विमोचन गर्दै उनले ‘राजनीतिक नेतृत्वबाट कहीँ–कतै त्रुटि त भएको छैन ?’ भन्दै प्रश्न गरे ।

डा. यादवले संविधानको मर्म र भावनाअनुसार दलहरु चलेका छन् कि छैनन् ? भनेर ध्यान जान आवश्यक रहेको भन्दै असन्तुष्टिलाई समयमै सम्बोधन गर्नेतर्फ ध्यान दिन सुझाव दिए ।उनले गणतन्त्र र समानुपातिक समावेशीको सिद्धान्त आत्मसाथ भएको छ कि छैन ? भन्ने विषयमा नेतृत्वले ध्यान दिनुपर्नेमा जोड दिए ।

संविधानप्रतिका असन्तुष्टिलाई सम्बोधन गर्न ढिलाइ गर्नु नहुने उनको धारणा थियो ।

त्रुटि छैन : नेम्वाङ

कार्यक्रममा सत्तारुढ दल नेकपाका नेता एवं संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङले सोच–विचार गरेरै संविधान निर्माण गरिएकाले कुनै त्रुटि नरहेको जिकिर गरे ।संविधानले अधिकार दिएपनि क्षमता, बुद्धि, विवेक दिन नसक्ने भन्दै उनले राजनीतिक नेतृत्वले क्षमता प्रदर्शन गर्नुपर्ने बताए ।

नेम्वाङले संविधान कार्यान्वयनकाक्रममा सम्पूर्ण शक्ति एक ठाउँमा आएकाले कार्यान्वयनकाक्रममा देखिएका असन्तुष्टि सम्बोधन गर्न प्रयासरत् रहेको बताए ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपालको इतिहासमा जनताका कारण नभइ राज्य सन्चालककै कारण व्यवस्था उल्टिने गरेको उदाहरण दिँदै वर्तमान व्यवस्थालाई फाल्ने कि राख्ने ? भन्ने विषय पनि राज्य सन्चालककै कार्यशैलीमा निर्भर रहने जिकिर गरे ।

पुस्तकमाथि वरिष्ठ अधिवक्ता थापा, संविधानविद् डा. भीमार्जुन आचार्य र वरिष्ठ अभिवक्ता एवं राष्ट्रियसभाका सदस्य राधेश्याम अधिकारीले टिप्पणी गरेका थिए ।

इमेज खबर;

प्रतिक्रिया दिनुहोस