राज्जद्धारा ट्यूवेलको पानी विस्थापित गर्ने योजना

9

एपी खबर
जीतपुर, साउन ७ : प्रधानमन्त्रिका जन सम्पर्क सल्लाहकार अच्यूत मैनालीले राज्यले ट्यूवेलको पानी विस्थापित गर्ने योजना बनाएर अगाडी बढेको बताउनुभएको छ । खानेपानी तथा सरसफाई कार्यालय सिमराको १७ औँँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले तराईमा प्रयोग गरिने ट्यस्बेलको पानीमा आरसेनिकको मात्रा बढि हुने भएकोले त्यसबाट मानवलाई बचाउन ट्यूवेलको पानी विस्थापित गर्ने योजना बनाएको जानकारी दिनु्भएको हो ।

शुद्ध र सफा पानी खाने कुरामा सिमरा बासि भाग्यमानि रहेको बताउदै उहाँले सन्तुलित आहार हरेक नागरीकको आधार भएको र सन्तुलित आहार मध्ये पानीको पनि एक भएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका मौनालीले तराईका अधिकाशं क्षेत्रमा खानेपानीको सहज पहुच पु¥याउन संघिय र प्रदेश सरकारले स्थानिय सरकारको सहयोगमा विशेष योजना बनाएर अगाडी बढ्ने तैयारी समेत गरेको जानकारी दिनुभयो ।

यसैगरी कार्यक्रममा बोल्दै खानेपानी तथा सरसफाई कार्यालय सिमराका अध्यक्ष कासिम हुसेनले सिमरा बासिको चाहना अनुसार आफुले खानेपानीको क्षमता बृद्धि गर्दै अगाडी बढेको र लगभग यो खानेपानी हाल प्रदेश नम्बर २ कै उत्कृष्ट खानेपानीको रुपमा रहेको सबैलाई जानकारी गराउनुभएको थियो ।

उहाँले खानेपानीको काममा सक्रिय यस संस्थाले आफ्नो समाजीक उतरदायीत्वलाई समेत बहन गर्दै आएको बताउदै उपभोक्ताले दिएको जीमेवारी पालना गर्न आफु सधै प्रतिबद्ध रहने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा संघिय खानेपानी तथा ढल निकास आयोजना जनकपुरका प्रमुख अरुण सिम्खडा, नेकपाका जील्ला सदस्य मनोज पौडेल, नेपाली कांगे्रसका हरिप्रसाद त्रिपाठी, राप्रपाका माधव त्रिपाठी, संस्थाका सल्लाहकार भोला अधिकारी, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।

Loading...