आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

संगालो साकोसद्धारा आफ्नै कार्यालय भवनको शिलन्यास

AuthorAP Khabar२०७६ भाद्र ७, शनिबार (४ साल अघि) ५१३ पाठक संख्या

एपी खबर
जीतपुर, साउन ७ : बाराको सिमरामा रहेको संगालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शालिकराम अधिकारीको अध्यक्षता तथा ज्येष्ठ शेयर सदस्य ध्रुवप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा राष्टिय सहकारी बैँक सिमरा शाखाका प्रबन्धक गोविन्द ओझा, सिमरा महिला सहकारीका अध्यक्ष अनिता लम्साल लगाएतको उपस्थिती रहेको थियो ।

साधारण सभा कार्यक्रममा यस सहकारीले आफ्ना उत्कष्ट बचत कर्ता काशिनरेश कुर्मी, उत्कष्ट कारोबारी सदस्य रेशम श्रेष्ठ, बाल सदस्य ईला थपलिया लगाएतलाई सम्मानीत गरेको छ ।
रत्न प्रसाद उप्रेतीको सहजीकरणमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष नेत्र प्रसाद दहालले स्वागत मन्तब्य राख्नुभएको थियो ।

यसैविच आठौं वार्षिक साधारण सभाको अवसर पारेर सहकारीले आफ्नै कार्यालय भवनको शिलन्यास समेत गरेको छ । विहान जीतपुरसिमरा २ स्थित कार्यालय परिसरबाट प्रभातफेरि सहित सहकारीका सदस्यहरु सोही वडामा रहेको कार्यालय भवन निर्माणस्थल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस