आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

क्रिस्टल प्यालेसकाे ऐतिहासिक जित, म्यानचेस्टर यूनाइटेड २–१ ले पराजित

AuthorAP Khabar२०७६ भाद्र ८, आईतबार (४ साल अघि) ३०७ पाठक संख्या

भाद्र , ८ : प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर यूनाइटेड क्रिस्टल प्यालेसद्वारा २–१ गोलअन्तरले पराजित भएको छ ।

पेट्रिक भान आनहोल्टले इन्जुरी समयमा गोल गर्दै यूनाइटेडविरुद्ध प्यालेसलाई जित दिलाए । पेट्रिकको ९३ औं मिनेटको गोलसँगै ओल्ड ट्राफोर्डमा यूनाइटेडविरुद्ध प्यालेसले १९८९ पछि ऐतिहाँसिक जित हात पारेको हो ।

३२ औं मिनेटमा जोर्ड अयोले गोल गर्दै प्यालेसलाई अग्रता दिलाएका थिए । खेलको ८९ औं मिनेटमा ड्यानियल जेम्सले म्यानचेस्टरका लागि बराबरी गोल फर्काए । तर खेलको इन्जुरी समयमा पेट्रिकको गोलले क्रिस्टललाई जित दिलायो ।

प्रतिक्रिया दिनुहोस