आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अविरल वर्षाका कारण रसुवाको धुसेनीमा पहिरो

AuthorAP Khabar२०७६ भाद्र ८, आईतबार (४ साल अघि) २९५ पाठक संख्या

भाद्र , ८ : अविरल वर्षापछि गएको पहिरोले रसुवाको ७ रोपनी धानखेत बगाएको छ । पहिरोले १० घर र विद्यालयसमेत जोखिममा परेका छन् ।जिल्लाको कालिका गाउँपालिका–४, धुसेनीमा शुक्रबार राति गएको पहिरोले करिब ७ रोपनी धानखेत बगाएको हो ।

रसुवाको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले शुक्रबार धुसेनीको देवकोटा टोलमा गएको पहिरोले ३ परिवारको ७ रोपनी खेत बगाएको जानकारी दिए । प्रजिअ भण्डारीका अनुसार, १० घर र एक विद्यालयसमेत पहिरोका कारण जोखिममा परेका छन् । सेतीबेनी मावि र देवकोटा टोलका १० घर पहिरोले जोखिममा परेका हुन् ।

रसुवाका प्रमुख जिल्ला अधिकारी भण्डारीसहितको टोलीले शनिबार पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।भण्डारीले शनिबार पहिरो प्रभावित देवकोटा टोलको स्थलगत अवलोकन गरेर स्थानीयवासीसँग छलफल तथा परामर्श गरेको जानकारी दिए ।

रसुवा खासगरी पहिरोको जोखिममा रहेको हिमाली जिल्ला हो । एक साताअघि मात्रै भोटेकोसीमा बाढी आउँदा टिमुरे र रसुवागढी जोड्ने पुल बगाएको थियो ।
अनलाइनखबर ;

प्रतिक्रिया दिनुहोस