आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मेयर विरेन्द्र यादवद्धारा सोलार वितरण कार्य जारी, माधवनारायण न.पा.का एक हजार परिवारले सोलार पाउँने ।

AuthorAP Khabar२०७६ भाद्र ८, आईतबार (४ साल अघि) ३४६ पाठक संख्या

ओम प्रकाश यादव

भदौ, रौतहट ८ : रौतहटको माधवनारायण नगरपालिकाका मेयर विरेन्द्र यादवले नगरभरी बती बल्ने सोलार वितरण गरिरहेका छन । नगरपालिकाका वडा नं १ देखी ९ सम्मका एक हजार घरपरिवारलाई सोलार वितरण गर्ने काम भईरहेको नगर प्रमुख यादवले बताएका छन ।

उर्जा मन्त्रालय अन्तर्गत रहेका बैकल्पिक उर्जा केन्द्रले उपलब्ध गराएको रकमबाट सोलार खरिद गरी वितरण गरिरहेको मेयर विरेन्द्र यादवले बताएका हुन । एक हजार घरधुरीलाई प्रति परिवार ८ हजार मुल्य पर्ने एक एक थान सोलार वितरण गर्ने काम भईरहेको माधवनारायण नगरपालिकाका प्रमुख यादवले बताए ।

अहिलेसम्म माधवनारयाण नगरपालिकाका वडा नं १,२,३,४ र ५ मा गरी ६ सय घरपरिवारलाई सोलार वितरण गरिएको उहाँले बताउनुभयो । बाँकी वडाहरुमा पनि भोलीदेखी सोलार वितरण हुने उहाँले बताउनुभयो । वडा अध्यक्षहरुको सिफारीसको आधारमा सोलार वितरणको कार्य भईरहेको नगर प्रमुख विरेन्द्र यादवले बताउनुभयो ।

प्रति परिवार ८ हजारको दरले एक हजार घरपरिवारलाई सोलार वितरण गर्दा कुल रकम ८ लाख रुपैया खर्च हुने मेयर यादवले बताएका छन ।

प्रतिक्रिया दिनुहोस