छिमेकीलाई खुकुरी हान्ने दुई पक्राउ

घटना क्रम समाचार

दाङ, भाद्र ८ : सामान्य विवादले छिमेकीलाई खुकुरी प्रहार गर्ने दुई जना पक्राउ परेका छन् । प्रहरीले २३ वर्षीय महेश हमाल र २२ वर्षीय राजु चौधरीलाई शनिबार पक्राउ गरेको हो ।

उनीहरूले घोराही उपमहानगरपालिका–१५ बस्ने १८ वर्षीय त्रिशक्ति बर्तौलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए । घाइते बर्तौलाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचार भइरहेको छ ।

जनता समाचार;

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *