आज:  २०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चितवनमा वेग्रुपको तीजगीत प्रतियोगितामा आनन्द महिला समूह पहिलो

AuthorAP Khabar२०७६ भाद्र ८, आईतबार (४ साल अघि) ३६० पाठक संख्या

चितवन, भदौं ८ : वे ग्रुप नेपालले चितवनमा गरेको तीज गीत प्रतियोगितामा आनन्द महिला समूह भरतपुर महानगरपालिका–५ विजयी भएको छ ।२३ टिमको सहभागिता रहेको कार्यक्रममा भरतपुर १५ को जानकी आमा समूह दोस्रो, भरतपुर महानगरपालिका–१२ को जयदुर्गा आमा समूह तेस्रो र भरतपुर–४ वैकुण्ठचोकको शान्ति आमा समूह सान्त्वना भएको कार्र्यक्रम संयोजक दीपक गौतमले जानकारी दिए । पहिलो, दोस्रो, तेस्रो र सान्त्वनालाई क्रमशः नगद २० हजार, १५ हजार, १० हजार, ५÷५ हजारसहित प्रमाणपत्र दिइएको थियो ।

आयोजना गरेको तीज गीत प्रतियोगितामा गाइएका गीतहरु वातावरण संरक्षणका लागि जनचेतना दिन गुञ्जिए । भरतपुर महानगरपालिका–४ लंकूका केही युवाहरुको सक्रियतामा विभिन्न क्षेत्रमा सरसफाइको काम गर्दै आएको संस्थाले सरसफाइ गरेर मात्र होइन जनचेतना दिएर सजक गराउन जानकारीमूलक प्रतियोगिता राखेको हो ।

संस्थाले सार्वजनिक स्थानमा फोहोर नफाल्न तथा आफूबाट निस्केको फोहोरलाई आफैले व्यवस्थापन गर्न आग्रह गर्दै आएको छ । वे ग्रुप नेपालले चितवनको भरतपुर महानगरपालिकालाई मुख्य केन्द्र भाग बनाएर प्रत्येक साताको सोमबार सरसरफाइ गर्दै आएको छ । नियमित सरसफाइमा व्यस्त हुने युवाले यस पटक भने सबै महिला दिदीबहिनी तथा दाजुभाईलाई जम्मा पारेर जनचेतनामूलक तीजगीत प्रतियोगिता राखेको वे ग्रुप नेपालका अध्यक्ष भोजनारायण कँडेलले बताए ।

यसरी सबैलाई जम्मा पारेर वे ग्रूपले गरेको कार्यक्रममा सहभागी प्रतियोगीले पनि स्वच्छ समाज निर्माणको मुख्य काम घर समाजबाट सरसफाइ रहेको भन्दै गीत गाएका थिए । घरदेखि समाजसम्म देखा परेको फोहोरलाई सोही ठाउँमा सदुपयोग गर्न सकेमा स्वच्छ समाज निर्माणको लागि सहयोग पुग्ने प्रतियोगिताको गीतको भावले बोलिरहेको थियो । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा महानगरलाई सफा र स्वच्छ राख्नको लागि प्रतियोगीले प्रस्तुत गरेका गीत चेतनामूलक रहेको उनले बताइन् । मेयर दाहालले कुनै समय चेलीहरुको दुःख र बेदना पोख्ने पर्व पछिल्लो समय अन्यत्र मोडिएको बताइन् ।

वे ग्रूपले गरेको कार्यक्रममा भने पुरानो भाकाको स्वादसँगै सार्वजनिक स्थानमा फोहोर फाल्न हुन्न भन्ने सन्देश दिएको थियो । वे गू्रप नेपालका अध्यक्ष भोजनारायण कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद विजय सुवेदी, भरतपुर महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हरि आचार्य, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी, मानव अधिकारकर्मी मीना खरेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख चन्द्रकुमार गिरीलगायतको कार्यक्रममा उपस्थित रहेको थियो ।
नारायणी अनलाइन;

प्रतिक्रिया दिनुहोस