आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

काठमाडौं–तराई द्रूतमार्ग निर्माण सुस्त : प्रदेश सरकारको खबरदारी

AuthorAP Khabar२०७६ भाद्र ९, सोमबार (४ साल अघि) ४५१ पाठक संख्या

बारा ,भाद्र ९ : बहुप्रतिक्षित काठमाडौं–तराई द्रूतमार्ग निर्माणले गति लिन नसकेपछि प्रदेश २ सरकारले चासो देखाएको छ ।नीतिगत अस्पष्टताका कारण ६ महिनादेखि सुस्त बनेको आयोजना समयमै सम्पन्न गर्नुपर्ने भन्दै प्रदेश सरकारले चासो देखाएको हो ।

राष्ट्रिय गौरवका आयोजनामध्येको काठमाडौँ तराई दू्रतमार्ग निर्माणको गति सुस्त देखिएकोप्रति प्रदेश सरकार खबरदारी गर्न थालेको छ ।गत भदौ २ गते मन्त्रिपरिषद्बाट डीपीआर पारित भए पनि थप जटिलताका कुरा ल्याएर काम प्रभावित पार्न खोजिएको भन्दै प्रदेशसभा सदस्यले बैठकबाटै खबरदारी बढाएका हुन् ।

गत चैतमा सेनाले पेश गरेको डीपीआर स्वीकत नहुँदा गत आर्थिक वर्षमा विनियोजित नौ अर्ब रुपैयाँ फ्रिज भएको थियो ।केही दिनअघि मन्त्रिपरिषद्बाट पारित डीपीआरअनुसार फास्ट ट्र्याकमा महादेवडाँडा, धेद्र, र लेनडाँडा गरी तीन स्थानमा सुरुङमार्ग, ८७ वटा पुल बनाउने र ५५ दशमलब ५ किमी सडक–खण्ड रहने छ ।

जसअनुसार काठमाडौँबाट निजगढ पुग्न १ घण्टा २ मिनेट लाग्ने बताइएको छ ।अनुमानित लागत २ खर्ब १३ अर्ब रुपैयाँ रहेको दु्रतमार्ग निर्माणका लागि सरकारले २०७४ साउन २७ गते सेनालाई हस्तान्तरण गरेको थियो ।

भारतीय कम्पनी आईएल एन्ड एफएससँग सम्झौता तोडेपछि सरकारले द्रूतमार्गको काम नेपाली सेनालाई सुम्पेको हो ।सेनाले चार वर्षभित्र निर्माण सम्पन्न गर्ने भनिएकामा डीपीआर अनुमोदनमा ढिलाइ भएकाले २ वर्षसम्म कामले गति लिन सकेन ।नेकपाका प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा दू्रतमार्ग छिट्टै बन्नुपर्ने र यसमा आलटाल गरिए जनतासँगै आफूहरु आन्दोलनमा जाने चेतावनी दिन्छन् ।

सेनाले रुख काट्ने, खाल्डाहरु भर्ने तथा पहाड खन्ने लगायतका कामहरु गरिरहेको छ तर नीतिगत उल्झनका कारण महत्वपूर्ण कामहरु हुन सकेका छैनन् ।राष्ट्रिय महत्वको यस योजनमा सरकार उदासीन देखिएको भन्दै त्यसको लागि प्रदेश सरकार सहकार्य गर्न तयार रहेको प्रदेशका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनालको भनाइ छ ।आर्थिक विकासको कोशेढुंगा बन्न सक्ने यस आयोजनालाई समयमै सम्पन्न गर्नेतर्फ गम्भीर हुनुपर्ने माग आम जनताले पनि गरिरहेका छन् ।

इमेजखबर ;

प्रतिक्रिया दिनुहोस