आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कञ्चनपुरमा एक वर्षमा ३४ वटा बलात्कार घटनाका मुद्दा दर्ता

AuthorAP Khabar२०७६ भाद्र ९, सोमबार (४ साल अघि) २४६ पाठक संख्या

 

कन्चनपुर ,भाद्र ९ : कञ्चनपुरमा एक वर्षमा ३४ वटा बलात्कार घटनाका मुद्दा दर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा जबरजस्ती करणीका ३४ वटा मुद्दा दर्ता भएका छन् ।यस्तै जबरजस्ती करणी उद्योगमा २२ र जबरजस्ती करणीपछि कर्तव्य ज्यानमा एउटा मुद्दा दर्ता भएको छ ।

यसैगरी आर्थिक वर्ष २०७४/०७५ मा जबरजस्ती करणीका १८ वटा मुद्दा दर्ता भएका थिए भने जबरजस्तीकरणी उद्योगमा १५ वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

कञ्चनपुरमा विगतका वर्षको तुलनामा बलात्कारका मुद्दा दोब्बरले बढेको कञ्चनपुरका प्रहरी प्रमुख एसपि दिनेश कुमार आचार्यले जानकारी दिए ।उनले बलात्कारका ३४ वटा मुद्दा दर्ता भएकोमा ४१ जना प्रतिवादी पक्राउ परेको बताए ।जबरजस्ती करणीमा पर्नेहरुमा सबैभन्दा बढी १६ वर्षमुनिका १४ जना र १७ देखि २५ वर्षका १७ जनारहेका छन् ।त्यस्तै २७ देखि ३५ वर्षका ४ जना, ३६ देखि ६० वर्षका २ जना र ६० वर्षमाथिका एक जना रहेको प्रहरीले जनाएको छ ।

अधिकांश बलात्कारका घटनामा छिमेकी, आफन्त तथा चिनेजाने व्यक्ति संलग्न भएको पाइएको उनको भनाई छ ।एसपी आचार्यका अनुसार विगतमा यस्ता घटनालाई गाउँमै मिलाउने परिपाटी थियो ।तर पछिल्लो समय आमनागरिकमा जनचेनाको स्तर बढेकाले पनि बलात्कारका घटना प्रहरी समक्ष पुग्ने गरेका छन् ।

इमेजखबर ;

प्रतिक्रिया दिनुहोस