आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

याङवरक गाउँपालिकामा कुपोषण मुक्त बनाउने अभियान सुरु

AuthorAP Khabar२०७६ भाद्र ९, सोमबार (४ साल अघि) ८५३ पाठक संख्या

पाँचथर, भाद्र ९ : पाँचथरको याङवरक गाउँपालिकालाई मुलकमै पहिलोपटक कुपोषण मुक्त गाउँपालिका बनाउन अभियान थालिएको छ ।अवको एक वर्षभित्र गाउँपालिकालाई कुपोषण मुक्त गाउँपालिका बनाउने गरी अभियानलाई तिव्रता दिइने गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरेले जानकारी दिए ।

सरोकारवाला सितको छलफल तथा अन्र्तक्रिया कार्यक्रमपछि अभियानलाई तीव्र बनाइने गाउँपालिकाका उपाध्यक्ष कमला योङहाङले बताए ।गाउँपालिकाको १ देखि ६ नम्बर वडामै गएर अभिमुखीकरणको काम थालिने बताइएको छ ।याङवरक गाउँपालिका कुष्ठरोग मुक्त गाउँपालिका पनि घोषणा हुने तयारीमा रहेको जनाइएको छ ।
इमेजखबर;

प्रतिक्रिया दिनुहोस