आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हप्तामा पाँच वटा विद्युत् ट्रान्सफर्मर चोरी

AuthorAP Khabar२०७६ भाद्र ९, सोमबार (४ साल अघि) २५७ पाठक संख्या

बलवीर भुजेल
सिन्धुली भाद्र ९ : सिन्धुली र रामेछापमा हप्तामा पाँच वटा विद्युत् ट्रान्सफर्मर चोरी भएका छन् । खानेपानी तथा सिंचाईको लागि प्रयोग हुँदै आएको ट्रान्सर्फमर चोरी भएको हो ।

सिन्धुलीको सुनकोसी गाउँपालिका–६ सितलपाटीको घुमाउने चैनपुरमा भदौ ७ गते राती एक सय केबीको विद्युत् ट्रान्सर्फमर चोरी भयो । सुनकोसी गाउँपालिका–३ झागाझोलीको गुटबजारमा भदौ २ गते राती १ सय केबीकै ट्रान्सर्फमर चोरी भयो । भोलिपल्ट ३ गते राती रामेछापको खाँडादेवी गाउँपालिकाको भिरपानी, मन्थली नगरपालिकाको भैंसेस्वर र फुलासीमा पनि एक सय केबीको ट्रान्सर्फमर चोरी भयो ।

सिन्धुलीमा दुई र रामेछापमा तीन गरी हप्तामा पाँच वटा ट्रान्सर्फमर चोरी भएको सिन्धुली वितरण केन्द्रका प्रविधिक सायक फत्तबहादुर माझीले जानकारी दिनुभयो ।अघिकांश ट्रान्सर्फमर सिंचाई र खानेपानीमा प्रयोग भएका मान्छेको चहल–पहल र गतिविधी कम हुने स्थानबाट हराएका छन् ।

ट्रान्सर्फमरभित्रको तामाको तारको क्वाइल मात्रै लगेको र अन्य काम नलाग्ने सामान त्यहिँ छोडेको सिन्धुली वितरण केन्द्रका इन्जीनियर राजु महतोले जानकारी दिनुभयो । तामाको तार मात्रै किन चोरी भएको छ ? को संगलग्न छ ? यसको अनुसन्धान भइरहेको महतोले जानकारी दिनुभयो ।

यता जिल्ला प्रहरी कार्यलय सिन्धुलीमा ट्रान्सर्फमर चोरीको बिषयमा मौखिक जानकारी मात्रै आएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनु भयो ।

एउटा सय केबीको विद्युत ट्रान्सर्फमरभित्र १ सय २० किलो तामाको क्वाइल हुन्छ । ट्रान्सर्फमर चोरी भएपछि सिन्धुली र रामेछापका १ हजार ६ सय घरधुरी प्रभावित भएका छन् ।
जनता समाचार;

प्रतिक्रिया दिनुहोस