आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सरकारले कर्मचारी समायोजनको प्रष्ट नीति बनाएन : कर्मचारी संगठन

AuthorAP Khabar२०७६ भाद्र ९, सोमबार (४ साल अघि) २९० पाठक संख्या

भाद्र , ९ : नेपाल निजमाती कर्मचारी संगठनले कर्मचारी समायोजनको प्रष्ट नीति नबनाउँदा समस्या भएको आरोप लगाएको छ ।नेपाल निजामती कर्मचारी संगठनको छैठौं बैंठकको निर्णय आज काठमाडौमा सार्वजनिक गर्दै संगठनले समायोजनमा गएका कर्मचारीलाई स्थानीय निकायले हाजिर नगराउँदा समस्या परेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।संगठनले ट्रेड युनियनहरुको सुझावलाई समावेश गरी कर्मचारीमैत्री ऐन जारी गराउनु पर्ने माग गरेको छ ।त्यसैगरी तिन तहकै कर्मचारीहरुलाई श्रेणीगत वा तहगत एकै प्रणालीमा व्यवस्थापन हुने गरी ऐन निर्माण गर्न पनि माग गरेको छ ।

नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले नागरिकको सेवाप्रति उत्तरदायी बन्दै चुस्त दुरुस्त सेवा प्रदान गर्न सबै निजमती कर्मचारीसँग आग्रह गरेको बताए ।निजमाती कर्मचारीले सरकारलाई असहयोग नभई सहयोग गरेको भन्दै सरकारको निर्देशन अनुसार प्रशासनिक काम गरेको दावी गरेको छ ।राजनीतिक दलहरुले कर्मचारीको कारण जनताको काम गर्न नसकेको भन्ने आफूहरुमाथिको आरोप पनि निराधार भएको जिकिर गरेको छ ।

संगठनका सचिव शान्तिराम ढुंगानाले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबै निजामती कर्मचारीलाई अपिल गर्ने निर्णय गरेको बताए ।
इमेजखबर ;

प्रतिक्रिया दिनुहोस