आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नवलपुरबाट १ लाख ३३ हजार नगदसहित ९ जुवाडे पक्राउ

AuthorAP Khabar२०७५ मंसिर २९, शनिबार (५ साल अघि) ४०६ पाठक संख्या

  नवलपुर , मंसिर २९ : पूर्वीनवलपरासी जिल्लाको मध्यविन्दु नगरपालिका–४, मदनपुरबाट प्रहरीले शुक्रबार राति ९ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ ।

कौडा खेलिरहेको अवस्थामा प्रहरीले नगद १ लाख ३३ हजार नगदसहित ९ उनीहरुालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा कावासोती नगरपालिका–१६ का ३८ वर्षीय अर्जुन गिरी, २० वर्षीय एनिस गिरी, ४३ वर्षीय नेत्रबहादुर महतो, मध्यविन्दु नगरपालिका ३ का ४३ वर्षीय तीलकराम महतो र पश्चिम नवलपरासी बर्दघाट नगरपालिका ४ का ४० वर्षीय दीपक भण्डारी छन् । त्यस्तै, बर्दघाट १४ का ३५ छविलाल शर्मा, बर्दघाट १५ का २८ वर्षीय लालबहादुर तमाङ्ग, चितवनका ३५ वर्षीय श्यामबहादुर श्रेष्ठ र लमजुङ घर भई चितवनको भरतपुर महानगरपालिका–११ बस्ने २४ वर्षीय कविता गुरुङलाई पनि प्रहरीले समातेको छ ।

पक्राउ परेका ९ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस