आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नदी नियन्त्रण र सिंचाईमा प्रगति

AuthorAP Khabar२०७६ भाद्र ११, बुधबार (४ साल अघि) ४२२ पाठक संख्या

इलाम ,भाद्र ११ : इलामको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयले नदी नियन्त्रण र सिंचाईमा प्रगति गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा विनियोजित कार्यक्रमको ९४ प्रतिशत आर्थिक र ९८ प्रतिशत भौतिक प्रगति गरेको हो । गत आर्थिक वर्षमा सिंचाईसम्बन्धी २२ र नदी नियन्त्रणसम्बन्धी १८ गरी ४० वटा योजना थिए ।

डिभिजन प्रमुख शैलेश प्रोख्रेलका अनुसार सञ्चालन गरिएका योजनामध्ये १६ वटा उपभोक्ता समितिबाट र १४ वटा ठेक्कामार्फत् सञ्चालन गरिएको हो । ती मध्ये गत आर्थिक वर्षमा ३२ वटा योजना सम्पन्न भएका छन् । अन्य आठ योजना चालु आर्थिक वर्षमा सम्पन्न हुन्छ ।

कार्यालयले चुलाचुली गाउँपालिका ३, ४ र ५ मा रतुवा खोला सिंचाई योजना, देउमाई नगरपालिका ६, ७ र ८ मा ठ्याउरे खोला फ्याउरे सिंचाई योजना र घट्टेखोला सिंचाई योजना, फाकफोकथुम गाउँपालिकामा होयाङ खोला सिंचाई योजना, एकतप्पा होयाङ सिंचाई योजना, आङ्चेरे सिंचाई योजना र बगैँचे कुलो सिंचाई योजना, सन्दकपुर गाउँपालिकामा छाँगे सिंचाई योजना र गिताङ सिंचाई योजना, इलाम नपामा सेतुवाबेँसी सिंचाई योजना र अँधेरी करफोक सिंचाई योजना तथा सूर्योदय नगरपालिका मालुम खोला सिंचाई योजना, श्रीखोला सिंचाई योजना र भुल्केखोला सिंचाई योजनाको काम ठेक्कामार्पmत् सञ्चालन गरेको हो ।

ती मध्ये गत आर्थिक वर्षमा एकतप्पा होयाङ, बगैँचे कुलो, छाँगे, आङ्चेरे, सेतुवाबेँसी, मालुम खोला, श्रीखोला, भुल्केखोला र अँधेरी करफोक सिंचाई योजना सम्पन्न भए । बाँकी चालु आर्थिक वर्षमा सम्पन्न हुने बताइएको छ ।उपभोक्ता समितिमार्फत् सम्पन्न भएका आठ वटा सिंचाई योजनामा सबै नयाँ प्रविधिमा आधारित सिंचाई योजना छन् ।

गोदकमा गैरीगाउँ स्प्रीङकल योजना, जोगमाईमा काइँलीचोक योजना, पूवामझुवामा स्प्रिङकल सिंचाई योजना, जिर्मलेमा जिर्मले सिंचाई योजना र सलकपुर योजना, गोलाखर्कमा सिंहदेवी योजना, माइमझुवामा भुसपाले एकराते योजना र सूर्योदय नपामा पराले नयाँ प्रविधी सिंचाई योजना सम्पन्न भएका हुन् ।

त्यसैगरी उपभोक्ता समितिबाट नै १८ वटा नदी नियन्त्रणसम्बन्दी योजना पनि सम्पन्न भए । ती योजना माई नगरपालिका तथा चुलाचुली र माङ्सेबुङ गापामा सम्पन्न भए । त्यहाँ सम्पन्न भएका योजनामा माई नपाको लेवा लोदिया, गरुवा खोला, ठेवा खोला, रिखुवा खोला, लक्ष्मी खोला, तमाखे खोला, माईखोला नदी नियन्त्रण योजना तथा माईखोला तटबन्ध नियन्त्रण योजना सञ्चालन भए ।

चुलाचुली गाउँपालिकामा चाँजु खोला, रतुवा खोला, रतुवा खोला क, गँगटे खोला र कमल कुमाले नदी नियन्त्रण योजना सञ्चालन भए । माङ्सेबुङ गापामा रतुवा खोला, नाम्दुक खोल्सी, माङ्सेबुङ भञ्ज्याङ बजार संरक्षण योजना, सेती खोला नदी नियन्त्रण र पहिरो नियन्त्रण योजना सञ्चालन गरिएका छन् ।
जनता समाचार;

प्रतिक्रिया दिनुहोस