आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नामै नसुनिएका देशमा पनि पढ्न जान्छन् नेपाली

AuthorAP Khabar२०७६ भाद्र ११, बुधबार (४ साल अघि) १००० पाठक संख्या

काठमाडौं ,भाद्र ११ : के तपाईंले एन्टिग्यु बारबुडाको नाम सुन्नुभएको छ ? नामै नसुनिएको यो क्यारेबियन मुलुकमा अध्ययनका लागि नेपाली विद्यार्थी गएका छन् भन्ने सुन्दा अच्चम लाग्न सक्छ । हो, यो मुलुकमा पढ्न जान भनि २०७५/०७६ मा शिक्षा मन्त्रालय वैदेशिक अनुमति शाखाबाट तीन नेपालीले वैदेशिक अनुमतिपत्र (नो अब्जेक्सन लेटर) लिएका छन् ।

एन्टिग्यु बारबुडा मात्र होइन, नामै नसुनिएका यस्ता धेरै मुलुकमा अध्ययन गर्न जाने भन्दै नेपाली विद्यार्थी नो अब्जेक्सन लेटर ( एनओसी) लिएको देखिन्छ ।

शिक्षा मन्त्रालय वैदेशिक अनुमतिपत्र शाखाको अभिलेखलाई आधार मान्दा आर्थिक वर्ष २०७५/०७६ मा अध्ययनका लागि सेन्ट भिन्सेट जान चार, स्वाजिल्यान्ड जान तीन, केन्या तान्जानिया, ब्रनाई, कोस्टारिका र स्लोभनिया जान एक एक जना नेपालीले नो अब्जेक्सन लेटर लिएको पाइन्छ । नागरिक दैनिकले खबर छापेको छ ।
जनता समाचार;

प्रतिक्रिया दिनुहोस