आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एक्जाभेटरमा अज्ञात समूहद्वारा आगजनी

AuthorAP Khabar२०७६ भाद्र ११, बुधबार (४ साल अघि) २४८ पाठक संख्या

कविता खड्का
भोजपुर ,भाद्र ११ : भोजपुरमा अज्ञात समूहले मंगलबार राति एक्जाभेटरमा आगजनी गरेका छन् । भोजपुर नगरपालिका १२ वेहेरे दोभान र रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने पक्की पुल निर्माण स्थलमा राखिएको एक्जाभेटरमा अज्ञात समुहले आगजनी गरेको हो ।

पुल निर्माणको जिम्मा लिएको मार्सेली निर्माण सेवाको एक्जाभेटरमा पेट्रोल छर्केर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।पिखुला खोलामा प्रदेश सरकारले ६ करोड ५३ लाख लागतमा करिब एकहप्ता अगाडि पुल निर्माणको काम शुरू गरेको थियो ।

अज्ञात समुहको खोजी भइरहेको प्रहरीले जनाएको छ । क्षतिको थप विवरण आउन बाँकी छ ।
जनता समाचार;

प्रतिक्रिया दिनुहोस