आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

काठमाडौंको तापक्रम यो वर्षकै कम

AuthorAP Khabar२०७५ मंसिर २९, शनिबार (५ साल अघि) ३४९ पाठक संख्या

काठमाडौं  , मंसिर २९ : जल तथा मौसम पुर्वानुमान महाशाखाले आज देशभरको मौसम सफा हुने जनाएको छ । मौसम खुला भएपनि न्यूनतम तापक्रम भने घटेर चिसो बढ्नेछ ।

दिउँसो देशभरीकै मौसम सफा भएपनि राति भने पूर्वको मौसम आशिंक बदली हुने संभावना रहेको छ । बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले भोली र पर्सि पूर्व र मध्य क्षेत्रको मौसम बदली हुनेछ ।

महाशाखाका अनुसार काठमाडौंको आजको अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ भने न्युनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको छ । सुर्याेदय विहान ६ बजेर ४६ मिनेटमा भएको थियो भने सुर्यास्त साँझ ५ बजेर १० मिनेटमा हुनेछ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस