आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कांग्रेस सभापतिको घरमा बालिका झुण्डिएको अवस्थामा फेला

AuthorAP Khabar२०७५ मंसिर २९, शनिबार (५ साल अघि) ४५२ पाठक संख्या

उदयपुर  , मंसिर २९ : नेपाली काँग्रेस नगर सभापतिको घरमा १४ वर्षीया बालिका झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । कांग्रेस नेता बेलकानगर सभापति सुशील सेडाईको घरमा पढ्न बसेकी बेलका नगरपालिका–४ की राधिका तिमिल्सेना झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन ।

इलाका प्रहरी कार्यालय रामपुरले शुक्रवार ३ बजेको समयमा सेडाईको घरमा बालिकाको मृत्यु भएको जनाएको छ । घरमा पढ्न बसेकी बालिका कोठामा मृत अवस्थामा रहेको भन्ने खबर पाएपछि त्यहाँ पुग्दा झुण्डीएको अवस्थामा फेला पारेको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक नवीन सिंहका अनुसार बालिकाको शव पोस्टमार्टमको लागि बेल्टार स्वास्थ्य केन्द्रमा राखिएको जानकारी दिनुभएको छ ।

बुबा बेपत्ता र आमा वैदेशिक रोजगारीमा रहेकी राधिका विगत दुई वर्ष देखि सेडाईको घरमा बस्दै आएकी मृतककी ठुलो बुबा कुमार भन्ने कविराज तिमिल्सेनाले जानकारी दिए । ‘आफू सुत्ने पलङ नजिक डोरीले पासो लगाएको अवस्थामा थिइन ।

’ ठुलो बुबा तिम्सिनाले भने ‘बालिकाको घटना प्रकृति मुचुल्का गर्दा यौनीबाट अलिकति रगत निस्किए र खुट्टाले भुईँ छोएको अवस्था थियो ।’ बालिकाको आत्मा हत्या नभएर बलात्कारपछि हत्या हुन सक्ने आशङ्का आफन्तले गरेको छन् ।

प्रतिक्रिया दिनुहोस