आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चार लाख तिरेर आफन्तकाे शव

AuthorAP Khabar२०७५ मंसिर २९, शनिबार (५ साल अघि) ६०९ पाठक संख्या

काठमाडौं , मंसिर २९ :  बन्धक बनाएर राखेको शव विनासर्त दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको निर्देशन नोबेल मेडिकल कलेजले अवज्ञा गरेको छ । मोरङको कटहरी गाउँपालिका–३ निवासी ३२ वर्षीय दीपक मिश्रको शव कलेजले उपचार खर्च नदिएको भन्दै बन्धक बनाएको थियो । सो घटना बाहिर आएपछि स्वास्थ्य मन्त्रालयले विनासर्त तत्काल शव परिवारलाई जिम्मा लगाउन निर्देशन दिएको थियो ।

मन्त्रालयका चिकित्सा शाखा प्रमुख डा.दीपेन्द्ररमण सिंहले अस्पतालका प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र उपाध्यायलाई टेलिफोन गरी शव तत्काल आफन्तको जिम्मा लगाउन निर्देशन दिएका थिए । ‘ऋण खोजेर चार लाख दिएँ, त्यसपछि मात्रै शव बुझाए,’ दीपककी श्रीमती अनिता मिश्रले भनिन् । गत २ साउनमा विराटनगर– ४ स्थित कञ्चनवारीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका मिश्रको मंगलबार दिउँसो मृत्यु भएको थियो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस