आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भरतपुर काठमाडौंको बैकल्पिक आन्तरिक विमानस्थल बन्छः मन्त्री भट्टराई

AuthorAP Khabar२०७६ भाद्र १२, बिहिबार (४ साल अघि) ९९२ पाठक संख्या

चितवन,भदौं १२ : पर्यटन तथा नागरिक उड्डन मन्त्री योगेश भट्टराईले भरतपुर विमानस्थल काठमाडौंको बैकल्पिक डोमेस्टिक (आन्तरिक) विमानस्थल बन्ने बताउनुभएको छ । भरतपुर विमानस्थलमा बिहीबार पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले भरतपुर विमानस्थललाई काठमाण्डौं बाहिरको वैकल्पिक डोमेस्टिक (आन्तरिक) विमानस्थल बनाउने लक्ष्यका साथ काम हुने बताउनुभयो ।

‘काठमाडौंको डोमेस्टिक उडानलाई कम गर्न मन्थली र भरतपुर विमानस्थललाई विस्तार गर्नुपर्छ’,मन्त्री भट्टराईले भन्नुभयो । उहाँले मन्थलीबाट पूर्व क्षेत्रको उडान र भरतपुरबाट पश्चिम क्षेत्रको उडान भर्ने योजना रहेको सुनाउनुभयो ।

‘सरकारले भरतपुर विमानस्थललाई उच्च प्राथमिकतामा राखेको छ,मन्त्री भट्टराईले भन्नुभयो’,यसलाई रात्रीकालिन बनाउने, रनवे थप्ने, टर्मिनल भवनलाई आधुनिक र व्यवसायिक बनाइने छ ।’ उहाँले विमानस्थलमा ठूला जहाज ल्याउनका लागि पहिलो चरणमा विमानस्थल विस्तारलाई जोड दिइने बताउनुभयो । छिट्टै सर्वपक्षिय बैठक आब्हान गरेर विमानस्थल विस्तारको काम सुरु गरिने उहाँको भनाई छ ।

सन् २०२० को २० लाख पर्यटन भित्र्याउने लक्ष्य पूरा हुने बताउँदै उहाँले विमानस्थलहरुको स्तरउन्नती गरिने बताउनुभयो । भरतपुर विमानस्थल वरपर बनेका ठूला भवनहरुले हवाई उडानमा अवरोध गरेको छ नि ? भन्ने प्रश्नमा मन्त्री भट्टराईले विमानस्थल विस्तार गर्दा आउने सबै अवरोध हटाईने बताउनुभयो ।

अर्काे प्रसंगमा मन्त्री भट्टराईले ७० वर्षमाथिका जेष्ठ नागरिकलाई भाडादरमा ५० प्रतिशत छुट दिने विषयमा निजी विमान कम्पनीहरुले आनाकानी गर्न नहुने बताउनुभयो । उहाँले जेष्ठ नागरिकलाई सम्मान गर्नु राज्य र निजी क्षेत्र सबैको दायित्व भएकोमा जोड दिनुभयो । आफूले घोषणा गरेको विषयमा विमान कम्पनीहरुले केही टिप्पणी गरेको बताउँदै उहाँले यसलाई स्वागत गर्ने बताउनुभयो ।

विमान कम्पनीहरुले नै सामाजिक उत्तरदायित्व अन्तर्गत यो घोषणा गर्ने अपेक्षा आफूले गरेको बताउँदै उहाँले धर्म र पापको पनि ख्याल गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “मान्छे कसैसँग नडराए पनि पाप र धर्मसँग डराउनु पर्छ । सबैसँग छलफल गरेर यो निर्णय कार्यान्वयन हुन्छ ।”

नेपालको हवाई भाडा दर महंगो भएको बताउँदै मन्त्री भट्टराईले विदेशी पर्यटकलाई झनै महंगो भएको बताउनुभयो । उहाँले भन्नुभयो “भाडादर महंगो हुँदा पर्यटन क्षेत्र प्रभावित भएको छ, भाडादर पुनरावलोकन हुन्छ ।”
नारायणी अनलाइन;

प्रतिक्रिया दिनुहोस