आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पुल नहुँदा जोखिमयुक्त यात्रा

AuthorAP Khabar२०७६ भाद्र १२, बिहिबार (४ साल अघि) २२४ पाठक संख्या

कैलाली, भाद्र १२ : कैलालीको भजनी नगरपालिकाका ४ वटा वडाका स्थानीय नदीमा पुल नहुँदा जोखिमयुक्त यात्रा गर्न बाध्य भएका छन् ।कान्द्रा नदीमा पुल नबनेकाले डुंगामार्फत् ओहोरदोहोर गर्नुपर्ने भएकाले स्थानीयको दैनिक जीवन असहज बनेको हो ।

कैलालीको भजनी नगरपालिकाअन्तर्गतका थेकीपुर र करमदेव गाउँ नजिकैको कान्द्रा नदीमा २०६६ सालदेखि निर्माणाधीन पुल अझै पूरा हुन सकेको छैन ।

पहिलेको डिजाइन परिवर्तन गरेर अर्को डिजाइनअनुसार काम गर्न थाले पनि काम अहिले अलपत्र छ ।
वर्षायाममा नदीको बहाव बढ्ने भएकाले दैनिक ओहोरदोहोर गर्न डुंगाको सहारा लिनुपर्ने बाध्यता छ ।नगरपालिकाले चार महिनाका लागि ठेक्का दिएर लालबोझी–भन्सार–खैरेनी घाट र करमदेव घाटमा डुङ्गा चलिरहेको हो ।

स्थानीय ठेकेदारमार्फत् सञ्चालित डुङ्गामा विद्यार्थीले बाहेक अरुले शुल्क तिरेर ओहोरदोहोर गर्नुपर्छ ।बाढी आएको बेलामा छोराछोरीलाई स्कुल पठाउन निकै समस्या हुने गरेको स्थानिय दिलमाया चौधरीको गुनासो छ । दैनिक सयदेखि डेढसय विद्यार्थीले त्रसित हुँदै डुंगाबाट नदी तर्नुपर्ने अवस्था छ ।

नदीको उच्च जोखिममा रहँदा पनि पुल निर्माणको लागि कुनै निकायले चासो नदिएको स्थानीय राजन चौधरी बताउँछन् ।

अर्कोतर्फ डुंगासञ्चालकले मनपरी शुल्क असुल्ने गरेको पनि स्थानीयले गुनासो गरिरहेका छन् । यस वर्ष हुलाकी सडकले तटबन्ध गरिदिएकाले जोखिम केही कम भएको उनीहरुको भनाइ छ ।
इमेजखबर ;

प्रतिक्रिया दिनुहोस