जीतपुरसिमरा नगर उपप्रमुखद्धारा स्वास्थ्य चौकीको छड्के अनुगमन

समाचार स्थानीय

एपी खबर
जीतपुर, साउन १२ : जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख सरस्वती देबि चौधरीको नेतृत्वमा नगरभित्र रहेका वडा नम्बर १० र २४ को स्वास्थ्य चौकीको छड्के अनुगमन गर्नुभएको छ । पछिलो समय स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मिहरु समयमा नआउन र नबस्ने गुनासो बढेपछि उहाँको नेतृत्वमा बिहिवार अनुगमन गरीएको हो ।

अनुगमनको क्रममा वडा नम्बर १० र २४ को स्वास्थ्य चौकीमा वास्तवमै क्रमचारीहरु बिना जानकारी घर बसेको पाइएको थियो । बिना जानकारी घर बसेका क्रमचारीहरुको एक दिनको हाजरी काटिएको र समयमा बिना जानकारी किन र कसरी बसेको भन्दै थप कारवाहि गर्न नगरपालिकाका स्वास्थ्य प्रमुख बाबुलाल सहनीलाई निर्देशन समेत दिनुभयो ।

केहि समय पहिले नगरवासिको माग अनुसार नगरपालिकाले एकै पटक सबै वडाहरुमा स्वास्थ्य चौधीको उद्घाटन गरेको थियो । स्वास्थ्य चौकीको उद्घाटन पश्चात नगरबासिलाई सहज हुने आशा लिएपनि क्रमचारीको लापरवाहिका कारण समस्या आएको गुनासो बढेपछि अुनगमन गर्नुपरेको नगर उपप्रमुख चौधरीले जानकारी दिनुभयो ।

अनुगमन टोलीमा नगर उपप्रमुख चौधरीसंगै जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज सेढाई, पालिकाका स्वास्थ्य शाखा प्रमुख बाबुलाल सहनी लगाएको सहभागीता रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *