आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

किन जन्माउने बच्चा ? यी हुन् ८ कारण

AuthorAP Khabar२०७५ मंसिर २९, शनिबार (५ साल अघि) ७७६ पाठक संख्या

  मंसिर २९ : प्रत्येक दम्पत्तिको जीवनमा सन्तानको विशेष महत्व हुन्छ । त्यसैले त सन्तान नजन्मिएसम्म परिवार पूरा भएको मानिदैन ।

तर, बिहेपछि कतिपय पति-पत्नी बच्चा जन्माउने कुरालाई लिएर चिन्तित हुन्छन् । बच्चाको आगमनसँगै उनीहरुको स्वच्छन्दता हरण हुन्छ र बच्चाको स्याहारमै दिन जान्छ भन्ने उनीहरुको सोचाई हुन्छ । हुन पनि बच्चा जन्मिएपछि दम्पत्तिहरु पहिले जस्तो निस्फिक्री जीवन व्यतित गर्न सक्दैनन् । उनीहरुको स्वतन्त्रता साँघुरो हुन्छ ।

त्यसो भनेर के बच्चा नै नजन्माउने त ? हरेक कुराको सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छ । बच्चा जन्माउँदा केही बन्धन हुने भए पनि यसका सकारात्मक पक्ष भने असीमित छन्, जुन बाबुआमा भएपछि मात्रै अनुभूति गर्न सकिन्छ । सन्तान जन्मेपछि, अझै भनुँ आमाको पेटमा गर्भ रहेसँगै परिवारमा छाउने खुशीको अरु केहीसँग तुलना हुन सक्दैन ।

त्यसैले, यदि तपाईहरुले पनि आजसम्म बच्चाको प्लान गर्नु भएको छैन भने यस लेखबारे अवश्य ध्यान दिनुहोस् । किनकी यो लेख पढेपछि बच्चाको बारेमा तपाईको पनि राय बदलिन सक्छ ।

१. भगवानको आर्शिवाद हुन् बच्चा

बच्चा भनेको भगवानका आर्शीवाद हुन् । उनीहरुको माया जति चोखो र निश्चल हुन्छ, जीवन जिउनको लागि त्यो नै आमाबाबुको लागि यथेष्ठ हुन्छ । बच्चाको आगमनसँगै परिवारमा नयाँ प्राण भरिन्छ । उनीहरुको अनुहार हेरेर मात्र पनि बाबुआमाले उच्चतम आनन्द महसुस गर्छन् ।

२. सम्बन्ध प्रगाढ हुन्छ

बच्चाको आगमनले आमा र बाबुबीचको सम्बन्ध अझ प्रगाढ हुन्छ । उनीहरु एक अटुट बन्धनमा बाँधिन्छन् । बच्चाको स्याहारमा दुवैजनाले हात बाँड्छन् ।

आखिरमा जे भए पनि बच्चा भनेको आमाबाबुको मायाको चिनो नै त हो । त्यसैले त, श्रीमान-श्रीमतिबीचको सम्बन्ध कस्तो छ भन्ने कुरा गर्भमा शिशु रहेदेखि नै थाहा हुन्छ । किनकी एउटा महिलाको लागि गर्भावस्था भनेको यस्तो पल हो, जहाँ उसलाई श्रीमानको सबैभन्दा बढी आवश्यकता महसुस हुन्छ । श्रीमतीले सन्तान जन्माउँदा भोग्ने कष्टले हरेक श्रीमानहरु द्रविभूत बन्छन् ।

३. आमा-बाबु बन्नुको खुशी

भनिन्छ, एउटी महिलाको जीवनमा सबैभन्दा खुशीको क्षण भनेकै ‘आमा बन्नु’ हो । किनकी, एउटी महिला त्यतिबेला मात्र पूर्ण हुन्छिन्, जब उनी आमा बन्छिन् । यसको लागि उनले नौ महिनासम्म आˆनो गर्भमा शिशुलाई बोक्छिन् । यो नौ महिनाको अवधी उनको लागि अत्यधिक भावनात्मक हुन्छ । पेटभित्र बच्चाको चलमलले उनको मनमा हलचल पैदा गर्छ ।

यस अर्थमा यदि आमाले आˆनो गर्भमा एउटा शिशुलाई नौ महिना राख्छिन् भने बाबु पनि उक्त बच्चाको तिव्र प्रतिक्षामा रहेको हुन्छ । त्यसैले, यो समय र आउने समय आमाबाबु दुवैको लागि महत्वपूर्ण हुन्छ ।

४. परिवारलाई एकसुत्रमा बाँध्छ

बच्चाले आमा-बाबुका साथै परिवारका सम्पूर्ण सदस्यलाई समेत एक सुत्रमा बाँध्न सक्छन् । विशेषगरी, बच्चा जब हाँस्छ वा बोल्छ तब परिवारका प्रत्येक सदस्य आˆनो मनमुटाव भुलेरै भएपनि बच्चाको स्याहार सुसारमा एकजुट भएर लाग्छन् । यसले परिवारको माहोल नै बदल्छ ।

५. तनाव कम गर्छ 

तपाई चाहे जतिसुकै तनावमा किन नहुनुहोस्, जब अफिसको काम सकेर घर पुग्नु हुन्छ, बच्चाको एक मुस्कानले तपाई सारा तनाव भुलेर बच्चासित रमाउन थाल्नुहुन्छ । र, पुन एकपटक  प|mेस महसुस गर्नुहुन्छ ।

६. बाल्यावस्थाको सम्झना गराउँछ

कयौपटक बच्चासित खेल्दाखेल्दै तपाई आफै बच्चा बन्न थाल्नु हुन्छ । आफूले बाल्यकालमा गरेको कयौ कुराहरु सम्झन थाल्नुहुन्छ । जसले गर्दा तपाई एकपटक फेरी बच्चा भएको महसुस गर्न थाल्नुहुन्छ ।

७. खुलेर जिउन सिकाउँछ

बच्चाहरु ससाना कुरामा पनि खुशी हुने, रमाउने गर्छन् । उनीहरुलाई खुशी हुन कुनै ठूलो कुरा चाहिँदैन । एउटा चकलेट, एउटा प्याकेट विस्कुट तथा तपाईको मायालु व्यवहारले पनि बच्चालाई तुरुन्तै खुशी बनाउन सकिन्छ । र, बच्चा खुशी भएको देखेर तपाई पनि आफूलाई खुशी हुनबाट रोक्नु सक्नुहुन्न ।

८. परिवार पूर्ण गर्छ

बच्चाको आगमनले परिवारमा खुशी छाउनुका साथै परिवारको रित्तोपन हटेर परिवार भरिपूर्ण हुन्छ । साथै, बच्चाकै कारण तपाई कहिल्यै एक्लो महसुस गर्नु हुँदैन । किनकी बच्चाले तपाईलाई र तपाईको परिवारलाई सधैभरी एक सुत्रमा बाँधेर राख्न सहयोग गर्छ ।

यसबाहेक, यस्ता धेरै कुराहरु छन्, जसको अनुभूतिले मात्र पनि घरमा बच्चाको अभाव महसुस हुने गर्छ । र, परिवारमा बच्चाको महत्व दर्शाउँछ । बच्चाको आगमनसँगै सुरुमा केही कठिनाई महसुस अवश्य हुनसक्छ । तथापि, जब आफ्नो कोखमा नयाँ जीवन देख्नासाथ तपाई सबै दुख विर्सेर एकपटक फेरी खुलेर हाँस्न र बाँच्न सिक्नुहुन्छ ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस