जनकपुरमा प्रहरीद्धारा गरीएको दादागिरी प्रती राजपा नेपाल बाराका प्रवक्ता सिहंको आपती

राजनीति समाचार

एपी खबर
कलैया, साउन १३ : जनकपुर जानकी मन्दिरमा ब्यवसाय गर्दै आएका ब्यापारीहरु माथी प्रहरीद्धारा भएको दुरब्यवहार प्रती राजपा नेपाल बाराले दुःख ब्यक्र गरेको छ । जानकी मन्दिरको वरिपरि विभिन्न व्यवसाय गरि बसेका नागरिकहरुलाई जनकी मन्दिरका प्रहरीले दिनहु दुख दिने कार्य निन्दनिय भएको र यस्तो कार्य तत्काल रोकिनुपर्ने राजपा नेपाल बाराका प्रवक्ता अरुण सिहंले बताउनुभएको छ ।

जनताको सुख दुखमा साथ दिने र सर्वसाधरणको सुरक्षाको प्रत्याभुती दिलाउने निकाय प्रहरीबाट नै नरिवल बेच्ने ब्यक्ती कुटिने कार्यले प्रहरीको गरीमा माथि प्रश्न चिन्ह लगाएको बताउदै सिहंले यस कार्यप्रति राजपा नेपाल बाराको गम्भिर ध्यानाकर्षण भएको जानकारी दिनुभयो ।

उहाँले नरीवल बचेर जिवीको पार्जन गर्ने एक साना ब्यवसायीलाई सुरक्षा दिनुको सट्टा प्रहरीबाट नै यस्तो निन्दनीय कार्य भएकोले यस कर्यमा संलग्न दोषी प्रहरीलाई विभागीय कारवाहि गरी ब्यवसायको क्षतीपुर्तीको सहज उपलब्धता गराउन माग समेत गर्नुभएको छ । सिहंले पिडितलाई न्याय दिन समेत जोडदार माग गर्नुभएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *