आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

इलाका प्रहरी कार्यालय कृष्णनगरद्वारा अवैध चल्ला नष्ट

AuthorAP Khabar२०७६ भाद्र १३, शुक्रबार (४ साल अघि) ३०८ पाठक संख्या

अजय मिश्र,
कृष्णनगर, कपिलवस्तु, भाद्र १३ : इलाका प्रहरी कार्यालयबाट खटिएको मोबाइल टोलीले अबैध कुखुराको चल्ला बरामद गरी नष्ट गरेको छ।

भारत बाट अबैध रूपमा नेपाल ल्याउदै गरेको विशेष सुराकीको आधारमा कृष्णनगर नगरपालिका वडा नं १ मड्हाबाट प्रहरीले १९ कार्टून प्रति कार्टून १ सय ५० चल्लाका दरले अन्दाजी २ हजार ८ सय ५० चल्ला बरामद गरी नष्ट गरेको हो ।

बरामद गरिएको चल्लालाई सुरही खोलामा स्थानीय, पशु क्वारेनटाइनका प्रतिनिधि लालमणि अर्याल र पत्रकारको उपस्थितिमा नष्ट गरिएको छ। जस्को अनुमानित मुल्य १ लाख सम्म पर्ने इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेलले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस