आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ट्विटरका सीईओ ज्याक डोर्सीकै एकाउन्ट ह्याक

AuthorAP Khabar२०७६ भाद्र १४, शनिबार (४ साल अघि) ४१२ पाठक संख्या

काठमाडौं, भदौ १४ : सामाजिक सञ्जाल ट्विटरका सीईओ ज्याक डोर्सीको ट्वीटर एकाउन्ट ह्याक भएको छ ।४० लाख भन्दा बढी फलोअर्स रहेको डोर्सीको एकाउन्टबाट ह्याकरले निकै आपत्तिजनक, रंगभेदी, हिटलरको तारफ गरेको र ुट्विटर हेडक्वार्टरमा बमु लगायतका सन्दर्भका ट्विट गरेका थिए । ती ट्विट १५ मिनेटसम्म रहेका थिए ।

चक्लि स्क्वाडका रुपमा आफूलाई परिचित गराएको ह्याकरको समूहले डोर्सीको एकाउन्ट ह्याक गरेको बताइएको छ ।

ट्विटरले पछि सो एकाउन्टमा आफ्नो नियन्त्रण कायम भएको र ह्याकरबाट छुटाउन सफल भएको बतायो । ट्वीटरले ट्वीट गरेको छ, ‘अहिले एकाउन्ट सुरक्षित छ, र ट्वीटरले कुनै पनि सुरक्षात्मक प्रणालीमा सम्झौता गर्ने छैन ।’

ह्याकरले कसरी डोर्सीको एकाउन्टसम्म पहुँच बनाए भन्ने अहिलेसम्म खुलेको छैन। ट्विटरकि प्रवक्ताले बम त्रासको विषयमा अनुसन्धान भइरहेको र त्यसमा ुसत्यताु को आधार भने नदेखिएको बताइन् ।

४२ वर्षीय डोर्सीले पहिलो पटक सन् २००६ मा ट्विट गरेका थिए । उनी ट्विटरमा पहिलो सीईओसमेत हुन् । उनले सन् २००८ सम्म कम्पनीको सीईओको रुपमा काम गरेका थिए भने बीचमा छोडेर फेरि २०१५ देखि निरन्तर काम गरिररेका छन्।

नारायणी अनलाइन;

प्रतिक्रिया दिनुहोस