आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

झापामा बस दुर्घटना, एकको मृत्यु, १८ घाइते

AuthorAP Khabar२०७६ भाद्र १४, शनिबार (४ साल अघि) ३३८ पाठक संख्या

झापा, भाद्र १४ : बस दुर्घटनामा एक जना महिलाको मृत्यु भएको छ । कनकाई नगरपालिका जामुनखाडीमा बस अनियन्त्रित भएर दुर्घटना भएको हो । बसमा सवार १८ जना घाइते भएका छन् । ३ जनाको अवस्था गम्भीर छ ।

मृत्यु हुनेमा भद्रपुर ९ निवासी २८ वर्षीया सुजन पोखरेल रहेकाे जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख होम अधिकारीले जानकारी दिनुभयो ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गतको दानाबारीबाट धरान जाँदै गरेको मे १ ख ७२०४ नम्बरको बसले आोभरटेक गर्ने क्रममा अनियन्त्रित स्कुटरलाई ठक्कर दिएको थियो । मे ११ प ८९७७ नम्बरको स्कुटीमा सवार पोखरेलको घटनास्थलमै मृत्यु भएको हो ।

घाइतेको बिरर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ । १८ जनामध्ये ३ जनाको अवस्था गम्भीर छ । सिराहा गोलबजारका २९ वर्षीय चालक विनोद श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जनता समाचार;

प्रतिक्रिया दिनुहोस