आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रोटरी क्लबद्वारा निकुञ्जका सेनालाई फिल्टर सहयोग

AuthorAP Khabar२०७६ भाद्र १४, शनिबार (४ साल अघि) २८४ पाठक संख्या

चितवन, भदौं १४ : नारायणगढ रोटरी क्लबले वाइन टु वाटर–नेपालको सहयोगमा आज चितवन राष्ट्रिय निकुञ्ज कसरामा रहेको बटुक दल गणलाई पानीको फिल्टर सहयोग गरेको छ ।

गणका गणपति लेफ्टिनेन्ट कर्नेल अरुण श्रेष्ठलाई सो गणको लागि आवश्यक चार पानीको फिल्टर क्लबका अध्यक्ष सुसनलाल प्रधान एवम् वाइन टु वाटरका प्रोग्राम मेनेजर रोशनी कार्कीले संयुक्तरुपमा हस्तान्तरण गरेका हुन् ।

नेपालमा विभिन्न समयमा घटेका घटनाहरू एवम् विपदका समयमा समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्दै आइरहेको रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२९२, नेपाल–भुटान र नेपाल आर्मीबिच सहकार्य हुँदै आइरहेकोमा बटुक दल गणका विभिन्न टोली सदस्यको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वस्थ खानेपानीको लागि वाटर फिल्टर हस्तान्तरण गर्न पाएकोमा खुुुसी लागेको क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधानले बताए ।

सामाजिक विकासका साथै जनसमुदायको स्वास्थ्यमा पनि उत्तिकै चासो राख्दै आएको नारायणगढ रोटरी क्लबले उक्त गणका करिब २५० जनालाई शुद्ध पानी पिउनका लागि व्यवस्था गरिएको अध्यक्ष सुसनलाल प्रधानले जानाकारी दिए ।

कसरा क्षेत्रमा शुद्ध पानीको अभाव विद्यमान रहेकोमा नारायणगढ रोटरीले आज प्रदान गरेको चारवटा पानी फिल्टरको सहयोगको लागि धन्यवाद व्यक्त गर्दै अबका दिनमा गणका सदस्यलाई शुद्ध खानेपानी उपलब्ध हुने र पानीका कारण आगामी दिनमा उनीहरूको स्वास्थ्यमा कुनै खराबी नआउने गणपति अरुण श्रेष्ठले बताए ।

वाइन टु वाटर–नेपालले माडी नगरपालिकासँगको सहकार्यमा माडी क्षेत्रको लागि खानेपानी तथा सरसफाइको कार्यक्रम गर्दै आइरहेको वाइन टु वाटर–नेपालका प्रोग्राम मेनेजर रोशनी कार्कीले जानकारी दिइन् । उनले नारायणगढ रोटरी क्लबसँग विगत केही समयदेखि स्वास्थ्यको क्षेत्रमा सहकार्य गर्दै आएको र आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिने बताइन् ।

क्लबका सर्भिस प्रोजेक्ट डाइरेक्टर तथा यस कार्यक्रमका संयोजक गुणेश्वर महतोले वाटर फिल्टर जडान प्रविधि र अशुद्ध तथा फोहोर पानीलाई शुद्ध बनाउने तरीका उदाहरणसहित प्रस्तुत गरेका थिए । कार्यक्रममा क्लबका पूर्बअध्यक्ष नारायण प्रधानको पनि विशेष उपस्थिति रहेको थियो ।

पूर्वअध्यक्ष रोहितकुमार श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा गणका मेजर बलबहादुर गाहामगर, क्लबका निवर्तमान अध्यक्ष रमेश पौडेल, स्पाउज क्लब अफ आरसी नारायणगढका अध्यक्ष शान्ति उपाध्याय पौडेललगायत क्लबका पूर्वअध्यक्षहरू विज्ञानलाल श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ, प्रेसिडेन्ट इलेक्ट अनुकूल श्रेष्ठ, द्वितीय उपाध्यक्ष नगेन्द्रबहादुर श्रेष्ठ, र सदस्य निवेश श्रेष्ठको सहभागिता रहेको थियो ।

नारायणी अनलाइन;

प्रतिक्रिया दिनुहोस