आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कुन राशीले कहाँ धन राख्दा उत्तम ?

AuthorAP Khabar२०७५ मंसिर २९, शनिबार (५ साल अघि) ४४२ पाठक संख्या

काठमाडौं  , मंसिर २९ :  पैसा कमाउनुमात्र ठुलो कुरा होइन । कमाएअनुसार बचाउन सकिएन भने पैसा कमाउनुको कुनै अर्थ रहँदैन । आज हामी तपाईँहरुलाई राशीअनुसार घरको कुन भागमा पैसा राख्दा सम्पन्नता र समृद्धी आउँछ भन्ने बारेमा चर्चा गर्दैछौँ ।

मेष राशीः घरको पश्चिम दिशामा धन राख्नु उत्तम मानिन्छ । धन राखेको ठाउँमा फलामको औँठी राख्नुका साथै साँझको समयमा धनको लेनदेन गर्नु एकदमै राम्रो मानिन्छ ।

वृष राशीः घरको पूर्व दिशामा राख्नुपर्छ । धन राखेको ठाउँमा सुन वा पित्तलको केहि बस्नु राख्नुपर्छ । साँझको समयमा धनको लेनदेन नगर्नुस् ।

मिथुन राशीः घरको उत्तर दिशामा धन राख्नुहोस् । तामाको केहि बस्तुहरु धन भएको ठाउँमा राख्नुहोस् र मंगलबार धनको लेनदेन नगर्नुस् ।

कर्कट राशीः घरको पूर्व–दक्षिण दिशामा धन राख्नु राम्रो हुन्छ । धन राखेको ठाउँको चाँदीको केहि वस्तु राखिदिनुहोस् । धन राखेको ठाउँमा कुनैपनि कालो सामान नराख्नुहोस् ।

सिंह राशीः घरको पूर्व दिशा छेउमा धन राख्ने ठाउँ बनाउनुहोस् । धन राखेको ठाउँमा काँसको केहि वस्तु राख्नुहोस् ।

कन्या राशीः घरको दक्षिण–पश्चिम दिशामा धन राख्नु उत्तम हुन्छ । उक्त स्थानमा कोही चाँदी वा जस्ताको वस्तु राख्नुहोस् । धन राखेको ठाउँमा उज्यालोको उत्तम व्यवस्था हुनुपर्छ ।

तुला राशीः घरको दक्षिण दिशामा धन राख्ने ठाउँ बनाउनुहोस् । धन राखेका स्थानमा रातो कपडा वा तामाको कुनै वस्तु नबिर्सिएर राख्नुहोस् । धनलाई उज्यालो हुनेगरी राख्नुहोस् ।

वृश्चिक राशीः घरको उत्तर–पश्चिम दिशामा धन राख्नुहोस् । सो ठाउँमा हरियो कपडाले बेरेर हरियो खानेसुप राखिदिनुस् र यो सुपलाई हरेक महिना परिवर्तन गरिदिनुस् ।

धनु राशीः धन राख्ने ठाउँ घरको दक्षिण–पूर्व दिशामा भए एकदमै राम्रो हुन्छ । धन राखेको ठाउँ सेतो कपडाले बाँधेर एउटा चाँदीको सिक्का राख्नुहोस् ।

मकर राशीः धन राख्ने ठाउँ उत्तर दिशामा बनाउनुहोस् । धन राख्ने स्थानमा कुबेरका सानो तस्बिर राख्नुहोस् । धन राखेको ठाउँमा भुलेर पनि सुन नराख्नुहोस् ।

कुम्भ राशीः धन राख्ने ठाउँ पूर्व दिशामा भएको उत्तम हुन्छ । उक्त ठाउँमा पहेँलो कपडामा सुन वा पित्तलका कुनै वस्तु राख्नुहोस् । बिहानको समयमा धनको लेनदेन नगर्नुहोस् ।

मीन राशीः घरको पश्चिम दिशामा धन राख्नु उत्तम मानिन्छ । सो स्थानमा फलामको केही वस्तु वा फलामको सिक्का राख्नुपर्छ । धन राख्ने स्थानलाई व्यवस्थित राख्नुहोस् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस