आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अन्तरीक राजश्व कार्यालय सिमराका कम्प्युटर अप्रेटर नगद सहित अख्तियारको फन्दामा

AuthorAP Khabar२०७६ भाद्र १६, सोमबार (४ साल अघि) ५३० पाठक संख्या

एपी खबर
जीतपुर,भाद्र १६ : अन्तरीक राजश्व कार्यालय सिमराका कम्प्युटर अप्रेटर ४० हजार नगद सहित अख्तियारको टोलीले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौँडाको टोलिले अन्तरीक राजश्व कार्यालय सिमराका कम्प्युटर अप्रेटर सुदिप लामालाई नगद सहित पक्राउ गरेको हो ।

लामो समयदेखि कर नतिरेको प्यान नम्बर बन्द गर्न रकममा सहुलियत गरिदिने भनि पैसा माग्दै आएको लामालाई अख्तियारको टोलीले पक्राउ गरेको हो । कार्यालय समय पछि साझ घुस रकम लिई सिमराको एक होटेलमा खाजा खान बसेको समया अख्तियारको टोलीले निजलाई रङ्गेहात पक्राउ गरेको हो ।

यसैगरी सोमवार नै मालपोत कार्यालय बाराका नायब सुब्बा हरिमोहन सिंह क्षेत्री घुस रकम सहित अख्तियारको फन्दामा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौँडाको टोलिले कार्यालयमा रहेर सहयोगिको भुमिकामा बिचौलियाको काम गर्ने हरिमोहन सिंह क्षेत्रीलाई सोमबार पक्रेको हो ।

अख्तियारमा मुद्धा चलिरहेको बिवादास्पद जग्गा मिलाईदिने भन्दै सेवाग्राहीसँग एक लाख रकम मागेका उनी सोमबार कार्यालय परिसरमा सोही रकम लिँदैगर्दा रंगेहात पक्राउ परेको स्रोतले बताएको छ ।

यस अघी साझा संस्थानमा कार्यरत क्षेत्री त्यहाँबाट अवकास पाए लगत्तै मालपोत कलैयामा बिचौलियाको रुपमा काम गर्दै आएका थिए । ‘२०७० सालमा करारमा नियुक्ती पाएका उनले कार्यालयबाट कुनै सेवासुबिधा पाएका थिएनन् । पक्राउ परेका दुबैलाई थप अनुसन्धानका लागी अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौँडा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस