आज:  २०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विज्ञ टोलीद्वारा सिक्टाको माटो निरीक्षण

AuthorAP Khabar२०७५ मंसिर २९, शनिबार (५ साल अघि) ६४९ पाठक संख्या

 नेपालगञ्ज , मंसिर २९ : अस्ट्रेलियन विज्ञ टोलीले बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहरको माटो निरीक्षण गरेको छ । पश्चिम मूल नहरको केही स्थानमा देखा परेको घुलनशील माटोको निरीक्षण गर्न मङ्गलबार बाँके आएको विज्ञ टोली कार्य सम्पन्न गरी फर्किएको छ ।

सिक्टामा आर्थिक अनियमितता गरेर पश्चिम मूल नहर कमजोर हिसाबले निर्माण गरिएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु आठ अर्ब ५० करोड बराबरको बिगोसहित २१ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिसकेको छ ।

बाँकेको बालापुरदेखि ढकेरीको झिझरी खोलासम्मको करीब पाँच किलोमिटर क्षेत्रमा घुलनशील माटो बढी मात्रामा प्रयोग भएको आयोजना निर्देशक कृष्ण नेपाल बताए ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस