आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अदालतको फैसलाअनुसार नै अगाडि बढ्छौँ : एनओसी

AuthorAP Khabar२०७६ भाद्र १९, बिहिबार (४ साल अघि) २८८ पाठक संख्या

भाद्र , १९ : नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले सर्वोच्च अदालतको फैसलाअनुसार नै आफूहरू अगाडि बढ्ने बताएका छन् । अदालतले २० भदौमा हुने ओलम्पिक निर्वाचन तत्कालका लागि रोक्न अन्तरिम आदेश दिएको छ ।एनओसीका अध्यक्ष श्रेष्ठले बुधबार अदालतको पत्र बुझेपछि नयाँ पत्रिकासँग भने, ‘हामी अदालतको सम्मान गर्छौं, अदालतकै फैसलाअनुसार कामकारबाही अगाडि बढ्नेछ ।’ ओलम्पिक कमिटी सर्वोच्च अदालतको अन्तरिम फैसलाविरुद्ध नजाने र आसन्न २० भदौमा हुने निर्वाचन पनि नगर्ने श्रेष्ठले बताए । ‘२० भदौको निर्वाचन स्थगित हुने निश्चित छ,’ उनले भने ।

२२ भदौमा छलफल
एनओसीको निर्वाचन रोक्न मंगलबार राष्ट्रिय मान्यताप्राप्त एनओसीका सदस्य कमलबहादुर चित्रकारले रिट दायर गरेका थिए । सर्वोच्चले उनको रिटमाथि सुनवाइ गर्दै तत्कालका लागि एनओसीको निर्वाचन रोक्नू भनी अन्तरिम आदेश दिएको थियो । अदालतले निर्वाचन सम्बन्धमा छलफलका लागि २२ भदौमा दुवै पक्षलाई बोलाएको छ ।

यता अदालतको पत्र बुझेपछि एनओसीमा बुधबारै बैठक बस्यो । सो बैठकले एनओसी २२ भदौमा छलफलमा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भएको बैठकमा सहभागी एक सदस्यले बताए । यता एनओसीले बिहीबार आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने एनओसी अध्यक्ष श्रेष्ठले बताएका छन् । ‘हामी हाम्रो आधिकारिक धारणा बिहीबार सार्वजनिक गर्नेछौँ,’ उनले भने ।
नयापत्रिका ;

प्रतिक्रिया दिनुहोस