आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मेनपावरको धरौटीबाट ११ अर्ब २५ करोड

AuthorAP Khabar२०७६ भाद्र १९, बिहिबार (४ साल अघि) २९८ पाठक संख्या

काठमाडौं ,भाद्र १९ : वैदेशिक रोजगार व्यावसाय गर्ने कम्पनीको धरौटीबाट ११ अर्ब २५ करोड रुपेयाँ राजश्व संकलन भएको छ । सरकारले मेनपावरको धरौटी बढाएर त्यसवापतको रकम जम्मा गरेको हो ।

वैदेशिक रोजगार विभागले धरौटी रकम जम्मा गर्न बुधबारसम्म म्याद दिएको थियो । मुलुकमा वैदेशिक रोजगार व्यावसाय गर्ने ८ सय ४८ कम्पनी छन् । विभागका सूचना अधिकारी भोलानाथ गुरागाईले ती कम्पनीको धरौटी बढाउँदा उल्लेखित रकम संकलन भएको जानकारी दिनुभयो ।

सरकारले वैदेशिक रोजगार ऐन २०६४ लाई संशोधन गर्दै वार्षिक ३ हजारसम्म कामदार पठाउने वैदेशिक रोजगार कम्पनीले ५० लाख र डेढ बैंक ग्यारेन्टी डेढ करोड गरी दुई करोड रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था गरेकाे छ ।
जनता समाचार;

प्रतिक्रिया दिनुहोस