आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपाको गाउँपालिका कमिटी गठनमा राक्सिराङ पहिलो

AuthorAP Khabar२०७६ भाद्र १९, बिहिबार (४ साल अघि) ४०१ पाठक संख्या

मकवानपुर, भाद्र : मकवानपुरको राक्सिराङ गाउँपालिकामा नेपाल कम्युुनिष्ट पार्टीको स्थानीय तह कमिटीले पूर्णता पाएको छ ।
पार्टीको विधान बमोजिम ७५ सदस्यीय गाउँपालिका संगठन कमिटीले पूर्णता पाएपछि सपथग्रहण गराइएको हो ।

गाउँ कमिटीका सदस्यहरुलाई सपथग्रहण गराउँदै नेकपा केन्द्रीय सदस्य तथा सांस्कृतिक विभाग प्रमुख केदार न्यौपानेले कम्युनिष्ट पार्टीका गतिविधिहरुलाई तीब्र ढंगले अघि बढाउन निर्देशन दिए ।उनले दुई वटा पार्टी एकता प्रक्रियामा देखिएको शिथिलताले केही समय समस्या देखिए पनि अब पार्टीले कम्युनिष्ट चरित्र, मूल्य र मान्यतालाई जनतामाझ अघि सार्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज रामेश्वर रानाले स्थानीय तहको निर्वाचनमा हार खाएको राक्सिराङ गाउँपालिकामा अर्काे निर्वाचनमा नेकपा सत्ताधारी दलको रुपमा स्थापित हुने विश्वास व्यक्त गरे ।

अर्की केन्द्रीय सदस्य एबम् सह–जिल्ला इन्चार्ज कुमारी मोक्तानले पनि एकता प्रक्रियापछि अब कुनै भेदभाव नगरीकन संगठन निर्माण र जनताको आधारभूत आवश्यकताहरुको परिपूर्तिका लागि कम्युनिष्ट पार्टी लाग्नुपर्ने बताइन् ।

कार्यक्रममा जिल्ला अध्यक्ष मुनु सिग्देल, प्रदेश कमिटी सदस्य तथा प्रदेश सांसद ओमबहादुर ग्लान, सचिव प्रेमबहादुर पुलामी, कार्यालय सदस्यहरु एकालाल श्रेष्ठ, बलराम बल, प्रमिला लामा, सचिवालय सदस्यहरु राजाराम स्याङ्तान, बनस्तम थिङ, गोविन्दराम चेपाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
तु खबर संवाददाता;

प्रतिक्रिया दिनुहोस