आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ट्याक्टरको ठक्करबाट पैदल यात्रुको मृत्यु

AuthorAP Khabar२०७५ पौष १, आईतबार (५ साल अघि) ४१९ पाठक संख्या

वीरगन्ज    , पौष  ०१ : : पर्साको बहुदरमाई नगरपालिका ५ बरवा गाउँमा शनिवार साँझ ट्याक्टरले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा बहुदरमाई नगरपालिका ५ बरवा गाउँकै ५५ वर्षीय धवल हजरा दुसाद रहेका छन्।

डोकैला बहुअरी चोकबाट भवराटार जाँदै गरेको ना१त २७०७ नम्बरको ट्याक्टरले साँझ ६ बजे ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।

प्रत्यक्षदर्शीका अनुसार तिव्र गतिको ट्याक्टर अनियन्त्रित भएर उनलाई ठक्कर दिएको थियो।

टयाक्टरका चालक बहुदरमाई नगरपालिका ६ गम्हरीयाका इजहार मियाँलाई प्रहरी चौकी महुवनले नियन्त्रणमा लिएको छ। मृतकको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा राखिएको छ।

हेडलाईन

प्रतिक्रिया दिनुहोस