आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कांग्रेसले नेताहरुलाई भन्यो– कम बोल्नू, धेरै सुन्नू

AuthorAP Khabar२०७६ भाद्र १९, बिहिबार (४ साल अघि) ३६८ पाठक संख्या

भदौ २४ देखि असोज ७ सम्म दोस्रो चरणको राष्ट्रिय जागरण अभियान

काठमाडौं, भाद्र १९ : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारविरुद्ध खवरदारी र पार्टी सढृढकरणको लागि फेरि अभियान संचालन गर्ने भएको छ । कांग्रेसले बिहीबार अभियान कार्यक्रम सार्वजनिक गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बीपी सरकारविरुद्ध खवरदारी, पार्टी सुढृढीकरण र समसामयिक सहित १५ बिषय राखेर जयन्ती पारेर भदौ २४ देखि असोज ७ गतेसम्म ‘हिपतम’ जागरण अभियानको दोस्रो चरणका कार्यक्रम संचालन गरिने बताउनुभयो । अभियान ७ वटै प्रदेशका ७७ जिल्ला र सबै प्रदेश निर्वाचन क्षेत्रमा संचालन गरिने कांग्रेसले जनाएको छ ।

अभियानमा केन्द्रीय प्रतिनिधि खटाइने भएको छ । काग्रेसले अभियानमा खटिने केन्द्रीय प्रतिनिनिधि र नेता तथा कार्यकर्तालाई कम बोल्न र जनताको कुरा सुन्न निर्देशन दिएको छ । कांग्रेसले कार्यक्रममा ठूला माला नपहिरिन र लामो भाषण नगर्न समेत सुझाव दिएको छ ।

कांग्रेसले अभियानको क्रममा ठाउँ ठाउँमा जुलुश प्रदर्शन तथा सभा गर्ने भएको छ । भ्रष्टाचार, महिला हिंसा, बलात्कार, हत्या र सरकारको कार्यशैलीविरुद्ध प्रदर्शन गरिने कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसले यसअघि बैशाख २५ देखि जेष् २५ सम्म राष्ट्रिय जागरण अभियान संचालन गरेको थियो ।

जनता समाचार;

प्रतिक्रिया दिनुहोस