आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राजनीतिक परिवर्तन जोगाउन आर्थिक उन्नती जरुरी : प्रचण्ड

AuthorAP Khabar२०७६ भाद्र २०, शुक्रबार (४ साल अघि) ३०८ पाठक संख्या

भाद्र , २० : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक क्षेत्रको प्रगती गरेर मात्रै मुलुकमा प्राप्त राजनीतिक परिवर्तनलाई जोगाउन सकिने बताएका छन् ।अध्यक्ष दाहालले आर्थिक समृद्धिविना मुलुकले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र पनि धरापमा पर्ने खतरा औंल्याए । राजनीतिक नेतृत्व, नागरिक समाज र निजी क्षेत्र मिलेर मुलुकको आर्थिक विकासमा लाग्नुपर्ने आवश्यक्ता रहेको उनले बताए ।

काठमाडौंमा शुक्रबार सुरु भएको ट्रेकिङ एजेन्सि एशोसिएशन अफ नेपाल (टान) को ४१ औं साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष दाहालले निजी क्षेत्रलाई विश्वासमा लिएर आर्थिक रुपान्तरणको यात्रालाई अघि बढाउन सकिने उल्लेख गरे । अध्यक्ष दाहालले पर्यटन क्षेत्रको प्रचुर सम्भावनालाई सदुपयोग गरेर मुलुकलाई समृद्ध बनाउन सकिने बताए ।

साधारण सभाले टानको आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरुसहित १७ पदका लागि निर्वाचन हुनेछ ।
नयापत्रिका ;

प्रतिक्रिया दिनुहोस