आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२४ भदौसम्म कांग्रेसका दुवै समितिको समायोजन

AuthorAP Khabar२०७६ भाद्र २१, शनिबार (४ साल अघि) २६२ पाठक संख्या

भाद्र , २१ : कांग्रेसका प्रतिनिधिसभा र प्रदेश सभा समिति २४ भदौसम्म समायोजन हुने भएका छन् । कांग्रेसले २० भदौसम्म १६५ प्रतिनिधिसभा क्षेत्र र ३३० प्रदेश सभा क्षेत्रीय समिति गठन गर्ने निर्णय गरेको थियो । तर, अब २४ भदौसम्म मात्र संरचना गठन हुने भएका छन् ।

निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले केही दिनमा यी दुवै तहका संरचनाले पूर्णता पाउने जानकारी दिए । ‘२० भदौसम्म हामीले यी दुई तहका समितिलाई पूर्णता दिने भन्ने थियो । तर, शुक्रबारसम्म अधिकांश तहका समिति गठन गर्ने काममा साथीहरू लागिहनुभएको छ,’ उनले भने, ‘केही जिल्लामा समितिहरू समायोजन भइसकेका छन् । अब २४ भदौसम्म हामी यी संरचनालाई पूर्णता दिइसक्छौँ ।’ कांग्रेसले ३३० वटै प्रदेश क्षेत्रमा राष्ट्रिय जागरण अभियान सुरु गर्ने निर्णय गरिसकेको छ ।

बुधबार ७० जिल्लाका निर्वाचन क्षेत्रीय र प्रदेश सभा क्षेत्रका लागि काम सुरु भएको अधिकारीले जानकारी दिए । प्रतिनिधिसभा क्षेत्र र प्रदेश सभा क्षेत्रमा पार्टीले बनाएको निर्देशिकाअनुसार यसअघिकै संरचना रूपान्तरण हुँदैछन् । रूपान्तरण गर्दा सिमाना हेरफेर नभएकामा स्वतः पहिलेकै समिति नयाँमा रूपान्तरण हुनेछन् । सिमाना हेरफेर भएका तहमा सभापतिहरूको सहमति, पदाधिकारीको उमेरसहितका मापदण्डमा आधारमा हुँदै छ । विधानले संघीयताअनुसारका संरचना गठन गर्ने गरी बाटो खोलेपछि कांग्रेसले आप्mना संरचनालाई संघीय प्रणालीमा बदल्न लागेको हो ।
नयापत्रिका ;

प्रतिक्रिया दिनुहोस