आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘स्थानीय तहमा नेकपाले लगायो टुङ्गो’

AuthorAP Khabar२०७५ पौष १, आईतबार (५ साल अघि) ४८४ पाठक संख्या

पाल्पा  , पौष  ०१ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्लाका १० वटा स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएपछि पार्टी कार्यकता, सर्वसाधारण उत्साहित बनेका छन् । तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच एकता प्रक्रिया ढिलासुस्ती हुँदा नेता, कार्यकर्ता चिन्तित बनेका बेला स्थानीय तहमा समिति निर्माणका लागि अध्यक्ष र सचिवको टुङ्गो लागेको हो ।

शुक्रबार बुटबलमा बसेको नेकपाको प्रदेश ५ कमिटीको बैठकले पाल्पा जिल्लाको स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको नेकपाका प्रदेश सदस्य राधाकृष्ण कँडेलले जानकारी दिनुभयो । जिल्ला कमिटीमार्फत सिफारिश भएका अध्यक्ष र सचिवको प्रदेश कमिटीले टुङ्गो लगाएको हो ।

तत्कालीन नेकपा एमालेले तानसेन नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका, रैनादेवी गाउँपालिकामा अध्यक्ष र नेकपा माओवादी केन्द्रको सचिव पदमा बाँडफाँड गरी एकता स्थानीय तहमा टुङ्गो लगाएका छन् । तत्कालीन माओवादी केन्द्रले रामपुर नगरपालिका, रम्भा गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउ गाउँपालिकामा अध्यक्ष र सचिवमा सबै एमाले हुन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस