आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शुक्रअस्त भएका वेला कुनै पनि काम्य कर्म गर्न मिल्दैन : पञ्चांग समिति

AuthorAP Khabar२०७६ भाद्र २१, शनिबार (४ साल अघि) ५२५ पाठक संख्या

भाद्र , २१ : नेपाल पञ्चांग निर्णायक समितिले शुक्रअस्त भएका वेला कुनै पनि काम्य कर्म गर्न नमिल्ने स्पष्ट पारेको छ । शास्त्रीय मतविपरीत केही व्यक्तिले शुक्रअस्त भएका वेला प्रचारप्रचारसहित काम्य कर्म गर्न लागेको भन्दै समितिले यस्तो स्पष्ट पारेको हो ।

समितिले शुक्रबार विज्ञप्ति निकालेर २८ भदौदेखि ११ असोजसम्म काठमाडाैंको गोकर्णमा २ सय १६ आवृत्ति भागवत पाठ गरिने र २१ करोड बत्ती बालेर पितृमोक्ष महानुष्ठान आयोजना गर्ने भनी केहीले भ्रम छर्न खोजिएकामा आपत्ति जनाएको छ । शास्त्रबारे ज्ञान हुँदै नभएका र विभिन्न लोभ भएका व्यक्तिले सर्वसाधारणमा भ्रम पर्ने र गलत प्रक्रिया अपनाउने गरी गर्न लागिएको कर्म विधिसम्मत नभएकाले भ्रममा नपर्न समितिले सर्वसाधारणलाई आग्रह गरेको छ ।

गोकर्णमा गरिने भनिएजस्तै शास्त्रले निषेध गरेको कर्म गुल्मीको रिडी, लम्जुङलगायत स्थानमा पनि गरिने खबर सुन्नमा आएको भन्दै समितिले त्यस क्षेत्रका नागरिकलाई पनि भ्रममा नपर्न आग्रह गरेको छ । शुक्रअस्तका वेला गरिने कार्य निष्फल हुने वेदसहितका सर्वमान्य शास्त्रमा उल्लेख भएको भन्दै समितिले धर्मका नाममा ठगी गर्नेसँग होसियार रहन सचेत गराएको छ ।
नयापत्रिका ;

प्रतिक्रिया दिनुहोस