आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कांग्रेसमा हिन्दु राष्ट्रको बहस चर्किँदै, शशांकलाई साथ दिने बढे

AuthorAP Khabar२०७६ भाद्र २३, सोमबार (४ साल अघि) २९७ पाठक संख्या

काठमाडौं,भदौं २३ : प्रमुख विपक्षी दल नेपाली कांग्रेसभित्र पछिल्लो समय हिन्दू राष्ट्रका पक्षमा चर्को रूपमा बहस उठ्न थालेका छन् । सो बहसमा शीर्ष तहका नेता नै पछिल्लो समय खुलेरै लाग्न थालेका हुन् । महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसभित्र हिन्दू राष्ट्र पुनस्र्थापनाको विषय उठाउँदै आएकोमा पछिल्लो समय अन्य नेतासमेत खुल्न थालेका छन् ।

गत वर्षको पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकमा संविधान जारी भएयता पहिलोपटक औपचारिक रूपमा हिन्दू धर्मको विषयले प्रवेश पाएको थियो । सो बखत नेता शंकर भण्डारी र महासमिति सदस्य राजुराम जोशीले हिन्दू राष्ट्र पुनस्र्थापनाको मुद्दा महासमितिसम्म ल्याएका थिए भने बैठकमा ७ सय महासमिति सदस्यले हिन्दू राष्ट्रका पक्षमा हस्ताक्षर गरेका थिए । सो हस्ताक्षर पार्टी नेतृत्वलाई बुझाउँदै धर्मनिरपेक्षताको विषयमा पार्टीले पुनर्विचार गर्नुपर्ने आवाज उठेको थियो ।

हाल कांग्रेसभित्र सो विषय चर्को रूपमा उठेको छ । केही दिनअघि सम्पन्न केन्द्रीय समिति बैठकमा नेता डा। शेखर कोइरालाले महाधिवेशनमा हिन्दू धर्मको विषय एजेन्डाका रूपमा आए पार्टीले कसरी व्यवस्थापन गर्न सक्छ भनी पार्टी नेतृत्वसँग प्रश्न गरेका थिए । उनले धर्मका विषयमा पार्टीले संवेदनशील हुनुपर्ने राय बैठकमा राखेका थिए । कांग्रेस सहमहामन्त्री डा. प्रकाशरण महतले सनातनदेखि चल्दै आएको धर्म संस्कृतिको रक्षा गरिने भनेर संविधानमा लेखिए पनि सरकारबाट संविधानमा लेखिएभन्दा ठीक उल्टो व्यवहार हुँदा यस्तो परिस्थिति बन्दै गएको बताए ।
नारायणी अनलाइन ;

प्रतिक्रिया दिनुहोस