आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

म्याग्दीमा कुटपिटबाट एककाे ज्यान गयाे

AuthorAP Khabar२०७६ भाद्र २३, सोमबार (४ साल अघि) ३६६ पाठक संख्या

म्याग्दी, भाद्र २३ : कुटपिटबाट एक जनाको ज्यान गएको छ । मालिका गाउँपालिका–२, रुमको खवाङमा स्थानीय युवाको कुटपिटबाट घाइते भएका ४६ वर्षीय मोतीप्रसाद दर्जीको उपचारको क्रममा मृत्यु भएको हो ।

दर्जीलाई उपचारका लागि पोखराको गण्डकी अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । कुटपिटमा संलग्न स्थानीय ओमकार बुढाथोकी, नविन बुढाथोकी र नेत्र पुनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

उहाँकाअनुसार उनीहरूविरुद्ध जिल्ला अदालत म्याग्दीमा आइतबार ज्यान मुद्दा दर्ता गरी अनुसन्धान थालिएको छ । १९ गते राती मदिरा सेवन गरेका बुढाद्वय र पुनले परियारको घरमै आएर कुटपिट गरेका थिए ।

मृतकको दाहिने कोखा र टाउकोको देब्रे भागमा रगत जमेको थियो । परियारलाई २० गते दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रले पोखरा स्थित गण्डकी अस्पताल रिफर गरेको थियो ।

पछिल्लो समय म्याग्दीमा यस किसिमका घटना बढ्दै गएको छ । गतहप्ता रत्नेचौरमा दुई समूहबीच खुकुरी हानहान भएको थियो ।
जनता समाचार;

प्रतिक्रिया दिनुहोस