आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘अर्को निर्वाचनमा वाचा हैन, विकासको ग्राफ लिएर जान्छौं’

AuthorAP Khabar२०७६ भाद्र २३, सोमबार (४ साल अघि) २९८ पाठक संख्या

काठमाडौं ,भाद्र २३ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यातायात व्यवसायलाई व्यवस्थित र मर्यादित बनाइने बताउनुभएको छ ।मन्त्री भट्टराईलेले आइतबार साँझ नेपाल पर्यटक यातायात व्यवसायी संघको १६ औँ वार्षिक साधारण सभा उद्घाटन गर्दै यातायात क्षेत्रमा अर्बौं लगानी भएको र हजारौँले रोजगारी पाइरहेको उल्लेख गर्नुभयो । उहाँले पर्यटक यातायात क्षेत्रलाई नीतिगत व्यवस्था, लगानीको सुधार राज्यको दायित्व हो भन्दै त्यसका लागि आफ्नो तर्फबाट प्रभावकारी पहल गरिने बताउनुभएको हो ।

मन्त्रीभट्टराईले पर्यटन सम्भावनायुक्त व्यापक क्षेत्र भएको र पर्यटनको दायरा फराकिलो बनिरहेको परिप्रेक्षमा पाहुनालाई सुरक्षित गन्तव्यमा पुर्यारउन पर्यटक यातायात व्यवसायीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो । पर्यटक यातायात व्यवसायीले उठाएका समय सान्दर्भिक समस्यालाई अन्तर मन्त्रालयबीच समन्वय तथा मन्त्रिपरिषदबाट निर्णय गराएर भए पनि समाधानका निम्ति पहल गरिने उहाँको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्यसमेत रहनुभएका पर्यटनमन्त्री भट्टराईले प्रतिपक्षी दलले सरकारको आलोचना मात्र हैन आर्थिक विकास र समृद्धिको यात्रामा सकारात्मक सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । मन्त्री भट्टराईले सरकार गठन भएको १८ महिनानामा समृद्धिको आधार खडा भएको दाबी गर्दै पूर्ण परिणामका लागि ५ वर्ष कुर्नुपर्ने बताउनुभयो ।

‘अर्को चुनावमा जनतासामु वाचा लिएर जाँदैनौँ, पाँच वर्षमा भएका विकास र प्रगतिको ग्राफ लिएर जान्छौं’ उहाँले भन्नुभयो, ‘ अहिले सरकारको १८ महिनामा राष्ट्रिय गौरवका आयोजनाले उल्लेख्य प्रगति हासिल गरेको छ । आर्थिक वृद्धिदरले उच्च रुपमा वृद्धि भएको छ । अन्य क्षेत्रमा सकारात्मक परिवर्तनका सूचक देखिएका छन् बरु वादविवादभन्दा पनि परिवर्तित व्यवस्थाको संस्थागत र समृद्धिको यात्रालाई सहकार्यका साथ अघि बढाउनु अपरिहार्य छ ।’
जनता समाचार;

प्रतिक्रिया दिनुहोस