आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

निर्माण कम्पनीले समयमा पुल निर्माणको काम नसक्दा स्थानीयलाई सास्ती

AuthorAP Khabar२०७६ भाद्र २३, सोमबार (४ साल अघि) २८८ पाठक संख्या

तेह्रथुम, भाद्र २३ : तेह्रथुममा निर्माण कम्पनीले समयमा पुल निर्माणको काम नगर्दा स्थानीयलाई समस्या भएको छ ।म्याङलुङ नगरपालिका र फेदाप गाउँपालिकाको विचमा रहेको खोरुङ्गा खोलामा पक्की पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले समयमा काम नगरेपछि यात्रुलाई सास्ती भएको हो ।

मध्यपहाड़ी लोकमार्ग अन्तरगत म्याङ्लुङ–सक्रान्ती सडक खण्डमा रहेको यो पुल एक वर्षभित्र काम सक्ने गरी २०७३ सालमा कोशी एण्ड न्यौपाने निर्माण सेवा प्रालिले कामको जिम्मा पाएको थियो ।२०७४ पुषभित्रै काम सम्पन्न गर्ने भनिए पनि सो निर्माण सेवाले काम छाडेर भागेको छ । वर्षा याममा खोलामा पानी बढेकाले आवत जावत गर्न समस्या भएको यात्रु बताउँछन् ।

पुल निर्माणका लागि अनुमानित लागत ५ करोड ९० लाख १ हजार रुपैयाँ तय गरेकोमा ४ करोड ९६ लाख ९१ हजार ६ सय ४५ रुपैयाँमा काम गर्ने गरी निर्माण कम्पनीले जिम्मा लिएको थियो ।समयमा काम नगरेको गुनासो आएपछि अनुगमनमा आएको म्याङलुङ नगरपालिका प्रमुख संजय तुम्वाहाम्फेले जानकारी दिए ।
इमेजखबर :

प्रतिक्रिया दिनुहोस