आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फागूण १७ मा ‘जात्रै जात्रा’ नआउने

AuthorAP Khabar२०७५ पौष १, आईतबार (५ साल अघि) ५२६ पाठक संख्या

काठमाडौं   , पौष  ०१ : फागूण १७ गतेलाई प्रदर्शन मिति तोकेर छायांकनमा गएको चलचित्र ‘जात्रै जात्रा’को निर्माण टिमले अब यो मितिमा चलचित्र रिलिज हुन नसक्ने बताएको छ । चलचित्रका निर्देशक प्रदिप भट्टराइले अनलाइनखबरसँग भने–‘हामी तोकिएको मितिमा चलचित्र रिलिज गर्न असमर्थ छौ । नायक विपिन कार्की दुर्घटनामा परेर घाइते भएपछि अहिले छायांकन रोकिएको छ । यसैले सो मितिमा चलचित्र रिलिज गर्न नसक्ने भएका हौं ।’

केही दिन अगाडि चलचित्रको छायांकनमा जाने क्रममा नायक कार्की मोटरसाइकल दुर्घटनामा परेका थिए । प्रदिप भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रमा विपिन कार्कीको साथमा बर्षा राउत, रविन्द्र सिंह बाँनियाको मुख्य भूमिका छ । चलचित्रको टिजर समेत सार्वजनिक भैसकेको छ ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस