आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कक्षपति’

AuthorAP Khabar२०७५ पौष १, आईतबार (५ साल अघि) ४४१ पाठक संख्या

प्युठान , पौष  ०१ : उद्योग वाणिज्य सङ्घको १० औँ अधिवेशनबाट अध्यक्षमा संयुक्त ब्यवसायी प्यानलबाट केदारमान कक्षपति निर्वाचित हुनुभएको छ । शनिवार सम्पन्न भएको निर्वाचनबाट सङ्घको नयाँ नेतृत्वमा संयुक्त ब्यवसायी प्यानलबाट कक्षपति निर्वाचित हुनुभएको हो ।

निर्वाचनमा कक्षपतिको नेतृत्वको बाम गठबन्धन निकट संयुक्त ब्यवसायी प्यानल र नेपाली कांग्रेस निकट अधिकारी ब्यवसायी प्यालनबीच प्रतिस्पर्धा भएको थियो ।

सङ्घको १० औँ अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा प्रभात केसी, वाणिज्य उपाध्यक्षमा दुर्गाप्रसाद भुसाल, महासचिव कृष्णभक्त गिरी र कोषाध्यक्षमा सुरेन्द्र जिसी निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस