आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जर्मनी शीर्ष स्थानमा

AuthorAP Khabar२०७६ भाद्र २४, मंगलबार (४ साल अघि) ३२५ पाठक संख्या

भाद्र , २४ : सोमबार राति भएको समूह ‘सी’ को खेलमा जर्मनीलाई जिताउन मार्सल हाल्सटनबर्गले ४८औं मिनेटमा पहिलो गोल गरेका थिए । सर्ज गनब्रीले दोस्रो हाफको इन्जुरी समयमा गोलगर्दै जर्मनीको जित पक्का बनाए । पहिलो हाफमा औसत प्रदर्शन गरेको आयरल्यान्ड दोस्रो हाफमा कमजोर देखिएको थियो । जितसँगै शीर्ष स्थानमा रहेको जर्मनीले पाँच खेलबाट १२ अंक बनाएको छ । समान १२ अंक बनाएको आयरल्यान्ड गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।यही समूहको अर्को खेलमा नेदरल्यान्डले इस्टोनियालाई ४–० गोलले हरायो । नेदरल्यान्डका लागि रायन बाबेलले १७औं र ४८औं मिनेटमा दुई गोल गरे । मेम्फिस डिपाएले ७६औं जर्जिनियो विज्नाल्डमले ८७औं मिनेटमा एक एक गोल गरेका थिए । जितसँगै नौ अंक बनाएको नेदरल्यान्ड तेस्रो स्थानमा छ । इस्टोनियाले खाता खोल्न सकेको छैन । समूहमा तीन अंक बनाएको बेलारुस चौथो स्थानमा छ ।

यसैगरी युरो कप छनोट अन्तर्गत समूह ‘ई’ को स्लोभाकियाले हंगेरीलाई २–१ गोलले हराएको छ । यही समूहको अर्को खेलमा क्रोएसिया र अजरबैजानले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । समूहको शीर्ष स्थानमा रहेको क्रोएसियाले १० अंक बनाएको छ दोस्रो स्थानमा रहेको स्लोभाकिया र तेस्रो स्थानमा हरेको हंगेरीको समान नौ अंक छ । वेल्स ६ अंक सहित तेस्रो स्थानमा छ । उक अंकमा सिमति अजरबैजान अन्तिममा छ ।

समूह ‘जी’ को खेलमा नर्थ म्यासेडोनियाले लात्भियालाई २–० र स्लोभेनियाले इजरायललाई ३–२ गोलले हरायो । पोल्यान्ड र अष्ट्रियाले गोलरहित बराबरी खेल्दै अंक बाँडे । समूहमा ६ खेलबाट १३ अंक बनाएको पोल्यान्ड शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको स्लोभेनियाको ११ र तेस्रो स्थानमा रहेको अष्ट्रियाको १० अंक छ । चौथौ र पाँचौं स्थानमा रहेको नर्थ म्यासेडोनिया र इजरायलको समान आठ अंक छ । लात्भिया अंक विहिन छ ।
रातोपाटी ;

प्रतिक्रिया दिनुहोस